Technology Khabar ८ जेष्ठ २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ८ जेठ । नेपाल पर्यटन बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैंया सहयोग रकम हस्तान्तरण गरेको छ । यहि वैशाख १२ गते आएको महाविनाशकारी भुकम्पवाट नेपालीे जनताले व्यहोर्न परेको महाविपत्तिको यस घडीमा राष्ट्रिय स्तरमा भइरहेका उद्धार, राहत र पुर्नस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यवाट पर्यटन बोर्डले रु.५ करोड सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको जनाएको हो ।
एक कार्यक्रमका बिच प्रधानमन्त्री शुशील कोइरालालाई सो रकमको चेक हस्तानतरण गरेको हो । उक्त हस्तानतरण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरीक उडड्यन मन्त्रालयका सचिब एवं नेपाल पर्यटन वोर्डका अध्यक्ष सुरेशमान श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरीक उडड्यन मन्त्रालयका सहसचिब उमाकान्त पराजुली, नेपाल पर्यटन वोर्डका सदस्य राजेन्द्र सापकोटा, नेपाल पर्यटन वोर्डका प्रशासकीय प्रमुख रमेश कुमार अधिकारी एवं नेपाल पर्यटन वोर्डका वरिष्ठ प्रबन्धक उज्बला दलीको उपस्थिति रहेको बोर्डले जनाएको छ ।
राष्ट्रिय अर्थतन्त्रको मजबुत जगको रुपमा स्थापित पर्यटन क्षेत्रमा महाबिनासकारी भुकम्पवाट पर्न गएको क्षतीलाई पुनरुत्थान गर्न पर्यटन पुर्वाधार एवं सम्पदा स्थल लगायत पर्यटकीय आर्कषणहरुको पुननिर्माण वा नव निर्माणका लागि पर्यटन तथा पुरातात्विक सम्पदा पुनरुत्थान कोष खडा गर्ने बोर्डले उल्लेख गरेको छ ।
उक्त कोषमा वीउ पुंजीको रुपमा रु.१० करोड पर्यटन बोर्डले राख्ने र सो कोषमा सहयोग पुर्याउन विकास साझेदार, शुभचिन्तक तथा अन्तराष्ट्रिय संघ संस्थालाई आहवान गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
प्रकाशित: ८ जेष्ठ २०७२, शुक्रबार