एप्पलको आईप्याड प्रोमा शक्तिशाली ए नाईन प्रोसेसर राखिने

Technology Khabar ३ जेष्ठ २०७२, आईतवार

एप्पलको आईप्याड प्रोमा शक्तिशाली ए नाईन प्रोसेसर राखिने

काठमाडौं ।

काठमाडौं, ३ जेठ । एप्पल कम्पनीको नयाँ आईप्याड प्रोको फीचर्स लीक भएको छ । एप्पलले ल्याउन लागेको यो फुल साइजको आईप्याडमा नेक्स्ट जेनेरेशनको ए ९ सीपीयू हुने अनुमान गरिएको छ । सूचना तथा प्रविधिसम्बन्धि समाचार दिने साईट जीएसएमएरेना डटकमले एप्पलको गोप्य स्रोतलाई उद्धत गर्दै यो समाचार सार्वजनिक गरेको हो ।

समाचारका अनुसार १२.९ इन्चको नयाँ आईप्याड प्रोमा नीयर फील्ड कम्यूनिकेशन, फोर्स टच तथा यूएसबी सी कनेक्टर पनि हुनेछ । यसमा एप्पलको नयाँ ए ९ चीप प्रयोग हुने विषय नै रोचक भएको छ । यो प्रोसेसर एप्पलले केहि समय अघि सार्वजनिक गरेको आईफोन सिक्समा भएको प्रोसेसर भन्दा निकै शक्तिशाली हुनेछ ।

एनएफसी फीचरको मद्धतबाट नयाँ आईप्याड प्रोमा एप्पल पे ट्रान्जेक्सन पनि संभव हुनेछ । साथै यसलाई प्रेशर सेन्सेटिभ ब्लूटूथ स्टाइलसद्धारा पनि कनेक्ट गर्न सकिने संभावना औल्याईएको छ ।

एप्पलले ल्याउन लागेको आईप्याड प्रोमा यूएसबी सी पोर्ट हुनेछैन् भने यसका अतिरिक्त लाइटनिंग कनेक्टर पोर्ट हुनेछ । एजेन्सी

Sajilo Visa

प्रकाशित: ३ जेष्ठ २०७२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार