भूकम्प बारे जानकारी दिने एप ‘नेपाल अर्थक्वेक अपडेट्स्’

Technology Khabar ३ जेष्ठ २०७२, आईतवार

भूकम्प बारे जानकारी दिने एप ‘नेपाल अर्थक्वेक अपडेट्स्’

काठमाडौं ।

काठमाडौं, ३ जेठ । खानी तथा भूगर्भ विभागले भूकम्पको बारेमा जानकारी दिने मोवाइल एप सार्वजनिक गरेको छ । एन्ड्रोइड अपरेटिङ सिष्टममा आधारित मोवाइल प्रयोगकर्ताले ‘नेपाल अर्थक्वेक अपडेट्स्’ नामक एप डाउनलोड गरी चार रेक्टर स्केल भन्दा ठुला भूकम्पबारे जानकारी लिन सक्नेछन् ।

उद्योगमन्त्री महेश बस्नेतले ‘नेपाल अर्थक्वेक अपडेट्स्’ (Nepal Earthquake Updates) नामको एप शनिवार शुभारम्भ गरे । यो एप हाल आइफोन प्रयोगकर्ताका लागि भने उपलब्ध छैन । खानी तथा भूगर्भ विभागका अनुसार ४ रेक्टरस्केलभन्दा माथिका भूकम्प जाने वित्तिकै भूकम्पको सबै सूचना मोबाइल एप्समा अपडेट हुनेछ ।

यसैगरी विभागले विनाशुल्क फोन गर्न मिल्ने टोल फ्री नम्बर पनि सार्वजनिक गरेको छ । विभागले १६१८०१४४१०१४१ नम्बरको टोल फ्री नम्बर संचालनमा ल्याएको हो ।

कार्यक्रममा मन्त्री बस्नेतले सर्वसाधाणलाई प्रविधिको प्रयोग गरी भूकम्प बारे दिने उद्देश्यले दुवै सेवा संचालनमा ल्याइएको बताए । भूकम्पबारे जानकारी लिन चाहनले यो नम्बरमा निशुल्क फोन गर्न सक्ने विभागका महानिर्देशक सर्वजीतप्रसाद महतोले जानकारी दिए ।

मनोहर श्रेष्ठले निर्माण गरेको यो एप हालसम्म करिब १ हजारले डाउनलोड गरीसकेका छन् । यो एप डाउनलोड गर्नको लागी प्रयोगकर्ताको स्मार्टफोनमा एन्ड्रोयडको ४.०.३ भन्दा माथीको अपरेटिङ सिष्टम अर्थात किट्क्याट आवश्यक पर्नेछ ।

खानी तथा भूगर्भ विभागले भूकम्पको बारेमा जानकारी ल्याएको एप यहाँबाट डाउनलोड गर्नुहोस्ः

https://play.google.com/store/apps/details?id=np.com.mls.nepalquakeupdate

Sajilo Visa

प्रकाशित: ३ जेष्ठ २०७२, आईतवार

तपाइको प्रतिक्रिया