कृषितर्फमात्रै चार अर्बभन्दा बढीको क्षति

Technology Khabar २८ बैशाख २०७२, सोमबार

कृषितर्फमात्रै चार अर्बभन्दा बढीको क्षति

काठमाडौं ।

काडमाडौं,२८ बैशाखसरकारले भुकम्प प्रभावित १४ वटा जिल्लाका किसानलाई निशुल्क धानको वीउ उपलव्ध गराउने भएको छ । धान रोप्नको लागि  वीउ राख्ने समय भएकाले  किसानलाई निशुल्क रुपमा उपलव्ध गराइने भएको हो । भुकम्प प्रभाविगत जिल्लामा निशुल्क वीउ वितरणका बजेट निकास गरी सम्बन्धित निकायलार्य सरकारले निर्देशन समेत दिइसकेको छ । 

कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकरप्रसाद सापकोटाले भुकम्प प्रभावित जिल्लामा वीउ वितरणका लागि तिन करोड रुपैयाँ निकासा गरिएको जानकारी दिए । भुकम्पको कारण क्षति परेका सवै जिल्लाका किसानलाई निशुल्क रुपमा वीउ उपलव्ध गराउने तयारी गरिएको उनले जानकारी दिए ।

 पशु सेवा क्षेत्रमा उपचार गर्नका लागि दुई करोड ५० लाख रुपैयाँ निकासा गरिएको छ । भुकम्पबाट प्रभावित जिल्लामा तत्काल अल्पकालिन, मध्य कालिन र दिर्घकालिन रुपमा गर्न सकिने कार्ययोजना तयार गरिएको सहप्रवक्ता सापकोटाले जानकारी दिए ।

  भुकम्प प्रभावित जिल्लामा सहयोग गर्न भारत सरकारात्मक भएको उनले जानकारी दिए । मन्त्रालयका अनुसार एक लाख मेट्रिक टन रासायनिक मल, तरकारीको वीउ, कृषिका उपकरण,  पाउडर दुध, बेबी फुड र गाईको माग गरिएकाले एक साता भित्रमा आउने तयारी भएको छ ।

 राष्ट्रिय बीउ बिजन कम्पनीका कार्यकारी निर्देशक धर्मराज अधिकारीले स्थानीय स्तरमै प्रयाप्त वीउ रहेकाले भुकम्प प्रभावित जिल्लामा अभाव नहुने बताए ।  तिन हजार चार सय मेट्रिक टन धानको वीउ कम्पनीसँग संचित रहेको र बाँकी आठ सय ८० मेट्रिक टन वीउ निजी व्यवसायीबाट ल्याउन लागिएको उनले जानकारी दिए । 

भकुम्पबाट प्रभावित जिल्लामा हावापानी अनुकुल हुने गरी स्थानीय वीउ निशुल्क वितरण गर्न लागिएको उनले जानकारी दिए ।   राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले अभावको बेला वीउमा कृत्रिम अभाव गरी कालाबजारी हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गरिनुपर्ने बताए ।  भक्तपुरमा गाजरको बीउमा कालाबजारी भएको भन्दै उनले धानको वीउमा पनि हुन सक्ने भएकाले त्यसलाई रोक्न सम्बन्धित निकाय  सजक हुनुपर्नेमा उनले जोड दिए । प्रभाविगत जिल्लामा बाहिरबाट वीउ आयात भई कालाबजारी बढ्न सक्ने भएकाले पनि सरकारले चनाखो हुनुपर्नेमा उनले जोड दिए ।  

राष्ट्रिय योजना आयोगका सदस्य भारतेन्द्रु मिश्रले बीउको गुणस्तर परिक्षण गरेरमात्र किसानलाई सिफारिस गर्नुपर्ने बताए । भुकम्प प्रभागित जिल्लामा आयातित वीउ आउन सक्ने भएकले स्थानीय स्तरकै वीउ परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।

भुकम्पबाट प्रभावित काभ्रे, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, गोरर्खा, रसुवा लगायतका १४ वटा  जिल्लामा धानको वीउ नष्ट भएको छ ।

दुई साता अघि आएको बिनाशकारी भुकम्पले बाली तथा पशु क्षेत्रमा ठुलो क्षति पुगेको छ ।  ५५ करोड ५३ लाख रुपैयाँ बराबरको पशु तथा पंक्षी नष्ट भएको मन्त्रालयले जानकारी दिएको छ । 

एक लाख ३२ हजार मेट्रिक टन संचित खाद्यान्न नष्ट भएको छ ।   भौतिक, पशुपंक्षी गरी समक्ष कृषि क्षेत्रमा साढे चार अर्ब रुपैयाँ क्षति भएको छ ।

easy care

प्रकाशित: २८ बैशाख २०७२, सोमबार

ताजा समाचार