फेसबुकमा आउने अनावश्यक रिक्वेष्टलाई यसरी रोक्नुहोस्

Technology Khabar २७ बैशाख २०७२, आईतवार

फेसबुकमा आउने अनावश्यक रिक्वेष्टलाई यसरी रोक्नुहोस्
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २७ वैशाख । फेसबुक प्रयोग गर्दा अनावश्यक गेम इन्भिटेशन तथा रिमाइण्डरबाट दिक्क हुनुभएको छ भने खुसीको खबर आएको छ । अब फेसबुक प्रयोगकर्ताले यस्ता अनावश्यक गेम तथा एपहरुको रिक्वेष्ट तथा रिमाइण्डरलाई ब्लक गर्न सकिनेछ । फेसबुकद्धारा शुरु गरेको यो सेवाको उपयोग गर्नको लागि तपाईँले केहि बटनहरु क्लिक गर्नुपर्नेछ ।

फेसबुक प्रयोगकर्ताहरुको सबैभन्दा धेरै गूनासो एप तथा गेमसँग जोडिएर आउने विभिन्न सूचना तथा संदेशहरुको बारेमा रहेको छ । तर अब यसबाट प्रयोगकर्ताले छुटकारा पाउने भएको हो । यसको लागि फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुक एकाउण्टको सेटिंगमा केहि परिवर्तन गर्नुपर्नेछ । सेटिंगमा बायाँतर्फ दिईएको ‘ब्लकिंग’ अप्शनलाई छनौट गर्नुपर्ने हुन्छ ।

यो ब्लकिंग अप्शनमा ‘ब्लक एप इन्भाइट्स’को विकल्प रहेको छ, जसमा तपाईँले त्यो साथी वा व्यक्तिको नाम टाइप गर्नुपर्दछ जसबाट आउने अनावश्यक रिक्वेष्टबाट तपाईँ दिक्क हुनुभएको छ । तपाईँले ब्लक एप इन्भाइट्सलाई छनौट गरेपछि त्यो व्यक्ति वा साथीबाट यस्तो प्रकारको कुनैपनि रिक्वेष्ट तपाईँलाई पठाउन सक्नेछैन् ।

यो सेटिंगको उपयोग गरेर तपाईँले कुनै विशेष एपलाई पनि सँधैको लागि ब्लक गर्न सक्नुहुनेछ । साथै तपाईँले साथीहरुलाई गर्ने कुनै समारोहको लागि निमन्त्रणा गर्नको लागि पनि रोक लगाउन सक्नुहुनेछ । एजेन्सी

Sajilo Visa

प्रकाशित: २७ बैशाख २०७२, आईतवार

तपाइको प्रतिक्रिया