Technology Khabar ११ बैशाख २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ११ वैशाख । माइक्रोसफ्टले आर्थिक वर्ष २०१५ को तेस्रो चौमासीकसम्म ८.६ मिलियन लूमिया डिभाइस बिक्री गरेको घोषणा गरेको छ ।
यहि मार्च महिनासम्मको तथ्यांकअनुसार कम्पनीले १८ प्रतिशतको वार्षिक वृद्धि हासील गरेको छ । तर यो वृद्धि अघिल्लो चौमासिकको आधारमा भने १८ प्रतिशतले कम हो ।
लूमियाले डिभाइस बिक्रीबाट मात्रै १.४ विलियन अमेरिकी डलर आम्दानी गरेको छ जुन अघिल्लो वर्षको सोहि चौमासिकको तुलनामा १६ प्रतिशतले कम हो । माइक्रोसफ्टले न्यून मूल्यका डिभाइसहरुको उच्च समिश्रणको कारण आम्दानीमा कमी आएको जनाएको छ ।
त्यसैगरी कम्पनीले २४ दशमलब ७ मिलियन फीचर फोनहरु सोहि चौमासिकमा बिक्री गरेको जानकारी पनि सार्वजनिक गरेको छ, जुन गत वर्षको सोहि अवधिको तुलनामा कम हो । फीचर फोनको बजार निरन्तर चलिरहने माइक्रोसफ्टले जनाएको छ ।
प्रकाशित: ११ बैशाख २०७२, शुक्रबार