ह्वाट्सएपले आईओएस प्रयोगकर्ताका लागि शुरु गर्यो नयाँ फीचर

Technology Khabar ९ बैशाख २०७२, बुधबार

ह्वाट्सएपले आईओएस प्रयोगकर्ताका लागि शुरु गर्यो नयाँ फीचर

काठमाडौं ।

काठमाडौं, ९ वैशाख । इन्टान्ट म्यासेजिंग एप ह्वाट्सएपले एन्ड्रोयडपछि अब आईओएस (iOS) का लागि पनि भ्वाइस कलिंग फीचर अपडेट गर्न शुरु गरेको छ । केहि समय अघि ह्वाट्सएपले यो फीचर एन्ड्रोयडका सबै प्रयोगकर्ताहरुका लागि शुरु गरिसकेको थियो । अब यो सबै एन्ड्रोयड डिभाइससम्म पुगीसकेको छ ।

एन्ड्रोयडपछि अब ह्वाट्सएपले आईओएसको लागि कलिंग फीचर रोल आउट गर्न शुरु गरेको हो ।

यसको लागि एप स्टोरबाट प्रयोगकर्ताले ह्वाट्सएपको नयाँ संस्करण डाउनलोड गर्न सकिन्छ । यो नयाँ अपडेटका साथै यूजर्स ह्वाटसएप तथा बाँकी एप्सकाबिच फोटो, भिडियो, लिंक पठाउन सक्नेछन् ।

यूजर्सले च्याटिंगको समयमा फोटो क्लिक गर्न सक्नेछन् भने एक पटकमा मल्टिपल भिडियोहरु पनि पठाउन सक्नेछन् । यदि तपाईँ आईओएसको प्रयोगकर्ता हो भने तपाईँलाई नयाँ फीचरको लागि केहि समय कुर्न पर्ने हुनसक्दछ ।

यसैका बिच ह्वाट्सएपको अब ८०० मिलियन एक्टिभ यूजर्स पुगेका छन् । कम्पनीका सीईओ तथा को फाउण्डर जेन कुवोमले आफ्नो आधिकारीक फेसबुक एकाउन्टमा यो कुराको घोषणा गरेका हुन् । कम्पनीले यहि जनवरीमा ७०० मिलियन यूजर्सको संख्या पार गरेको थियो ।

केवल ४ महिनामा कम्पनीले १०० मिलियन यूजर्स थप गरेको हो । सीईओ कुवोमकाअनुसार ह्वाट्सएपमा हरेक दिन ३० विलियन म्यासेज शेयर हुने गरेको छ । एजेन्सी

easy care

प्रकाशित: ९ बैशाख २०७२, बुधबार