ओप्पोको ‘जोय प्लस’ भारतमा सार्वजनिक, बजेट श्रेणीको फोनको मूल्य १ सय ११ डलर

Technology Khabar ७ बैशाख २०७२, सोमबार

ओप्पोको ‘जोय प्लस’ भारतमा सार्वजनिक, बजेट श्रेणीको फोनको मूल्य १ सय ११ डलर

काठमाडौं ।

काठमाडौं, ७ वैशाख । स्मार्टफोन ब्राण्ड ओप्पोले नयाँ बजेट फोन भारतमा सार्वजनिक गरेको छ । ओप्पाले भारतीय बजारमा मात्रै लक्षित गरेर नयाँ फोन ओप्पो जोय प्लस सार्वजनिक गरेको हो ।

कम्पनीले भारतीय बजारमा यो स्मार्टफोनको मूल्य १ सय ११ अमेरिकी डलर अर्थात ६ हजार ९ सय ९० भा.रु. तोकेको छ ।MobilesKhabar_2

ओप्पोको नयाँ स्मार्टफोनमा ४ इन्चको ८००X४८० पिक्सेलको रिजोल्यूशन भएको डिस्प्ले राखिएको छ । यो स्मार्टफोनमा मिडिया टेकको एमटी ६५७२ चीपसेट प्रयोग गरिएको छ भने १.३ गीगाहर्जको ड्यूल कोर सीपीयू राखिएको छ ।

ओप्पो जोय प्लसमा १ जीबीको र्यामका साथै ४ जीबीको इन्टरनल मेमोरी राखिएको छ । यसमा ३ मेगापिक्सेलको रियर क्यामरा तथा फ्रन्टमा भीजीए क्यामरा छ ।
एन्ड्रोयडको किटक्याट ४.४ मा आधारित यो स्मार्टफोनमा १,७०० एमएच ब्याट्री राखिएको छ ।MobilesKhabar_3

विश्लेषकहरुका अनुसार ओप्पोले ल्याएको नयाँ स्मार्टफोन केहि वर्ष अगाडि आएको भए यसले भारतीय बजारमा निकै चर्चा पाउन सक्दथ्यो तर अहिलेको बजारको अवस्था भने फरक भईसकेको छ । अहिले यहि मूल्य श्रेणीमा शिओमीले रेडमी टू बजारमा ल्याएको छ । त्यसैले ओप्पोले भारतीय बजारमा आफुलाई स्थापित गर्ने हो भने अझै आक्रामकरुपमा मूल्य तथा स्पेशिफीकेशनमा सुधार गर्न जरुरी छ । एजेन्सीको साथमा

Global Bank
easy care

प्रकाशित: ७ बैशाख २०७२, सोमबार

ताजा समाचार