शिओमी एमआई नोट ‘ब्ल्याक एण्ड उडन’ मोडल लन्च, २१ तारिखदेखि विश्व बजारमा

Technology Khabar ६ बैशाख २०७२, आईतवार

शिओमी एमआई नोट ‘ब्ल्याक एण्ड उडन’ मोडल लन्च, २१ तारिखदेखि विश्व बजारमा

काठमाडौं ।

काठमाडौं, ६ वैशाख । शिओमीले आफ्नो निकै मनपराईएको एमआई नोटको ब्ल्याक एण्ड उडन मोडल पनि लन्च गरेको छ ।

यसका साथै कम्पनीले एमआई नोट प्रोको बजारमा हुने उपलब्धताको बारेमा पनि जानकारी दिएको छ । यो फ्ल्यागशिप स्मार्टफोनलाई कम्पनीले जनवरीमा लन्च गरेको थियो जुन यहि मे ६ तारिखदेखि खरिद गर्न सकिनेछ ।

एमआई नोटको दोस्रो मोडलको जस्तै यो मोडलको पनि फीचर्स उस्तै रहेको छ । यो फोनको डिस्प्ले ५.७ इन्चको फूल एचडी (१०८०ह१९२०) रहेको छ । यो नोटको किनारा घुमाउरो छ भने डिप्लेमा गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित गरिएको छ । त्यस्तै यो स्मार्टफोनको पछाडिको भागमा पनि गोरिल्ला ग्लास ३ प्रयोग गरिएको छ । जसलाई शिओमीले थ्रीडिको नाम दिएको छ ।xiaomi_mi_note_black_edition

यो स्मार्टफोनमा निकै आकर्षक प्रोसेसर २.५ गीगाहर्जको क्वाड कोर स्न्यापड्रायगन ८०१ राखिएकोछ जसले डिभाइसलाई निकै द्रूतरुपमा प्रयोग गर्न सकिन्छ । यसमा ग्राफिक्सका लागि एड्रेनो ३३० जीपीयू राखिउको छ । नयाँ फ्याबलेट स्मार्टफोनमा ३ जीबीको र्याम छ भने १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ जसलाई बढाएर ६४ जीबीसम्मगर्न सकिन्छ ।

दुई सिम सपोर्ट गर्ने यो फोनमा दुबै सिममा फोरजी प्रयोग गर्न सकिनेछ ।xiaomi_mi_note_black_2_14

यो स्मार्टफोनमा १३ मेगापिक्सेलको अप्टिकल इमजे स्टेबलाइजेशनसहितको रियर क्यामरा राखिएको छ । यसमा ४ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । जसको पिक्चर क्वालिटी २ पिक्सेल माइक्रोन रहेको छ ।

शिओमीको नयाँ फोन म्यूजिक मनपराउनेहरुका लागि आकर्षक रहेको छ किनकी एमआईफोरमा हाई हाई अडियोको सुविधा दिईएको छ । त्यस्तै कम्पनीले यो स्मार्टफोनका साथमा गायक जेसन झोंंगको एल्बम पनि दिएको छ । नयाँ ट्याबलेटमा ३,००० एमएएचको ब्याट्री रहेको छ ।xiaomi_mi_note_black_edition

कम्पनीले ब्ल्याक मोडलको मूल्य ४ सय डलर तथा उडन मोडलको मूल्य ३ सय ७० डलर राखेको छ । यो फोन २१ अप्रिलदेखि विश्व बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ६ बैशाख २०७२, आईतवार