सामसुंगले एस सिक्स तथा एस सिक्स एज ७ करोड भन्दा बढि सेट बेच्ने अनुमान

Technology Khabar ४ बैशाख २०७२, शुक्रबार

सामसुंगले एस सिक्स तथा एस सिक्स एज ७ करोड भन्दा बढि सेट बेच्ने अनुमान
फाईल फोटो

काठमाडौं ।

Samsung-S6-&-S6-Edge-launch
फाईल फोटो

काठमाडौं, ४ वैशाख । सामसुंगले हिजो (विहिवार) मात्र नेपालमा सार्वजनिक गरेको सामसुंग ग्यालेक्सी एस सिक्स (Galaxy S6) तथा एस सिक्स एज (Galaxy S6 Edge) को विश्व बजार विस्तार हुँदैछ । सामसुंगले आफ्ना उच्च श्रेणीका दुबै फोनहरु ७ करोड भन्दा बढि बिक्री गर्ने अपेक्षा राखेको छ ।

सिटि बैंक विश्लेषकले एक महिना अगाडि मात्र सामसुंगले एस सिक्स तथा एस सिक्स एजको ५ करोड यूनिट बिकी गर्न सक्ने अनुमान गरेको थियो, तर दक्षिण कोरियाली कम्पनीले हालै सबैभन्दा नयाँ डिभाइस ७ करोड भन्दा बढि सेट बिक्री हुने अनुमान गरेको बताएको छ ।

‘ग्यालेक्सी एस सिक्स तथा एस सिक्स एजले सकारात्मक प्रतिकृया पाईरहेको छ । मलाई कुनै शंका छैन की तिनीहरु हालसम्म ग्यालेक्सी सिरिजका सबैभन्दा ठूला बिक्री हुनेछन् ।’ एक जना कम्पनीका कार्यकारीले भने । यसको हो MobilesKhabar_01मा हो मिलाउँदै सामसुंगका भ्वाईस चेयरम्यान क्वान हो यूनले भने, ‘एस सिक्सले राम्रो गरिरहेको छ । पहिलो साता निकै प्रभावकारी रह्यो ।’

सामसुंगको नयाँ स्मार्टफोनको बिक्रीको बारेमा आएको नयाँ समाचार सामसुंगका लागि निकै सुखद रहेको छ । किनकी सन् २०१४ को अन्तिम चौमासीकमा आफ्नो प्रतिद्धन्दि एप्पलसँग विश्व स्मार्टफोन बजारमा प्रतिस्पर्धामा पहिलो स्थान गूमाएको थियो ।

नेपालमा यी स्मार्टफोनहरु विहिवार मात्रै एक कार्यक्रमका बिच सामसुंगले मिडिया लन्च गरेको थियो, जुन यहि अप्रिल २१ तारिखदेखि बजारमा खरिद गर्न सकिने बताईएको छ । एजेन्सी

यो पनि हेर्नुहोस्-

सामसुंगको बहुप्रतिक्षित ग्यालेक्सी एस६ तथा एस६ एज सार्वजनिक, आकर्षक फीचरहरु समावेश

easy care

प्रकाशित: ४ बैशाख २०७२, शुक्रबार