सामसुंग सबैभन्दा पातलो स्मार्टफोन ‘ए ८’ ल्याउने तयारीमा

Technology Khabar ४ बैशाख २०७२, शुक्रबार

सामसुंग सबैभन्दा पातलो स्मार्टफोन ‘ए ८’ ल्याउने तयारीमा

काठमाडौं ।

काठमाडौं, ४ वैशाख । कोरियाली कम्पनी सामसुंगले आफ्नो ग्यालेक्सी ए सिरिजलाई अझै अगाडि बढाउने तयारी गरेको छ । विभिन्न संचारमाध्यममा आएको समाचार अनुसार आफ्नो सबैभन्दा स्लीम फोन ए सेभेन अपग्रेटेड भर्सन ए एट (A8)  लन्च गर्ने सोचमा रहेको छ ।

रिपोर्टका अनुसार कम्पनीले अब ग्यालेक्सी ए सिरिजको नयाँ मोबाइलमा काम गरिरहेको छ ।

सामसुंगको नयाँ स्मार्टफोन ए एटमा १६ मेगापिक्सेलको रियर क्यामरा हुनेछ । त्यस्तै यसमा ५.७ इन्चको सुपर एमोलेड (AMOLED) स्क्रीन हुनसक्नेछ भने यो फोन एन्ड्रोयड ललिपप ५.० अपरेटिंग सिष्टममा आधारित हुनेछ ।

यो फोनमा ६४ बिटको क्वाड कोर स्न्यापड्रयागन ६१५ प्रोसेसर तथा २ जीबीको र्याम राखिन सक्ने समाचारमा उल्लेख छ । ग्यालेक्सी ए ८ मा १६ जीबीको इन्टरनल स्टोरेज हुनेछ । ए सिरिजको नयाँ स्मार्टफोनमा ३,०५० एमएएच ब्याट्री रहने अनुमान गरिएको छ ।

यो फोनमा फोर जी सपोर्ट गर्नेछ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहनेछ । यो स्मार्टफोन सामसुंगको सबैभन्दा पातलो स्मार्टफोन भन्न सकिनेछ जसको मोटाई ५.९ मिलिमिटरको मात्र हुनेछ । तर अहिलेसम्म सामसुंगले यो स्मार्टफोनको आधिकारीक लन्चको बारेमा कुनै जानकारी दिएको छैन् । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ४ बैशाख २०७२, शुक्रबार

ताजा समाचार