एप्पल वाच खरिद गर्न ९४ प्रतिशत अमेरिकी अनिच्छुक

Technology Khabar ४ बैशाख २०७२, शुक्रबार

एप्पल वाच खरिद गर्न ९४ प्रतिशत अमेरिकी अनिच्छुक
Global IME Bank

काठमाडौं ।

काठमाडौं, ४ वैशाख । विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले गएको सेप्टेम्बरमा आईफोन सिक्स तथा सिक्स प्लस सार्वजनिक गरेदेखि टेक कम्पनीको शीर्ष स्थानमा रहन सफल भएको छ तर कम्पनीले हालै सार्वजनिक गरेको वेयरेबल एप्पल वाचबाट कम्पनीलाई केहि निराशा हुन सक्नेछ ।

अमेरिकी समाचार संस्था रोयटर्सले गएका दिनमा गरेको एक सर्वेक्षण अनुसार एप्पल वाचको बारेमा अमेरिकी वयस्कहरु थोरै कम उत्साहित भएका छन् । रोयटर्सको सर्वेक्षणका अनुसार अमेरिकामा लगभग ९४ प्रतिशत वयस्कहरु एप्पल वाच किन्न अनिच्छुक देखिएका छन् ।

रोयटर्सले गरेको यो सर्वेक्षणको नाम आईपीएसओएस पोल राखिएको थियो, जसमा १ हजार ८ सय २९ व्यक्तिहरुले भाग लिएका थिए । यो सर्वेक्षण यहि अप्रिल ८ तारिखदेखि १४ तारिखको बिचमा गरिएको थियो ।

एप्पलले पछिल्लो सातादेखि प्रि अर्डरको लागि अनलाईनमा राखेपछि एप्पल वाचको लागि अमेरिकी किशोर वर्ग (१८-२८) उत्साहित भएपनि एक वयस्क समूहले यो वाच खरिद गर्ने पक्षमा छैनन् ।

एप्पलले सार्वजनिक गरेको स्मार्टवाचको मूल्य न्यूनतम ३ सय ४९ डलरदेखि १० हजार डलरसम्म तोकिएको छ । रोयटर्स

यो पनि हेर्नुहोस्-

एप्पलले विभिन्न श्रेणीको घडी ल्यायो, मूल्य १७ हजार अमेरिकी डलरसम्म

Sajilo Visa

प्रकाशित: ४ बैशाख २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया