एनआईसी एशियाको शेयर सुविधा बचत खाता

Technology Khabar ४ बैशाख २०७२, शुक्रबार

एनआईसी एशियाको शेयर सुविधा बचत खाता
Global IME Bank

काठमाडौं ।

काठमाडौं, ४ वैशाख । नव बर्ष २०७१ को शुभ अवसरमा एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुको लागि निशुल्क डिम्याट खाता सहितको “शेयर सुविधा बचत खाता” नामक खाता सुरुवात गरेको छ । शेयर सुविधा बचत खाता विशेष गरी नेपाल स्टक एक्सचेन्जमा सुचिकृत संस्थाहरुको शेयर लिनुभएका ग्राहकहरुलाई लक्षित गरी तयार गरिएको बचत खाता हो ।

बैंकले शेयर सुविधा बचत खाता खोल्ने ग्राहकको नगद लाभांश संकलन गरी सो खातामा हालिदिनुका साथै निशुल्क डिम्याट खाता समेत खोलिदिनेछ जसले गर्दा शेयर धनीले पाउने हकप्रद शेयर, बोनस शेयर सिधै सो डिम्याट खातामा जम्मा हुने बताईएको छ । यसरी डिम्याट गरिएको शेयरको विवरण ग्राहकले ईन्टरनेट बैंकिङ्ग मार्फत हेर्न सकिने बैंकले जनाएको छ ।

यस खातामा न्यूनतम ब्यालेनस ५ सय रुपैंया तोकिएको छ भने दैनिक मौज्दातमा ४ दशमलब ५ प्रतिशत ब्याज दिईने बैंकले जानकारी दिएको छ । त्यसैगरी एबिबिएस सुविधा, एसएमएस बैंकिंग, निशुल्क खाता स्टेटमेन्टलगायतका सुविधा रहेको छ ।

यस बैंकका ६७ शाखा र ६७ एटिएम सञ्जाल देशका बिभिन्न मुख्य ब्यापारीक केन्दहरुमा रहेका छन् ।

Sajilo Visa

प्रकाशित: ४ बैशाख २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया