सामसुंगले भित्र्यायो एस सिक्स तथा एस सिक्स एज, २१ तारिखदेखि बजारमा किन्न सकिने

Technology Khabar ३ बैशाख २०७२, बिहीबार

सामसुंगले भित्र्यायो एस सिक्स तथा एस सिक्स एज, २१ तारिखदेखि बजारमा किन्न सकिने
फाईल फोटो

काठमाडौं ।

काठमाडौं, ३ वैशाख । सामसुंगले निकै प्रतिक्षित स्मार्टफोनहरु ग्यालेक्सी एस६ तथा एस६ एज सार्वजनिक गरेको छ । विहिवार काठमाडौंमा आयोजिक एक कार्यक्रममा कम्पनीका कन्ट्री हेड डाइरेक्टर युविम वन तथा सामसुंग इलेक्ट्रोनिक्सका एचएचपी डिभिजन हेड प्रणयरत्न स्थापितले संयुक्तरुपमा सार्वजनिक गरे । स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वल्र्ड कंग्रेस २०१५ मा सार्वजनिक गरिएका यी दुबै स्मार्टफोन करिब डेढ महिनापछि नेपालमा भित्रीएका हुन् ।

सामसुंगको ग्यालेक्सी एस सिक्स तथा एस सिक्स एज सार्वजनिक गर्दै कन्ट्री हेड वनले सामसुंगको अहिलेसम्मको उत्कृष्ट फोनहरु नेपाल भित्रिएको बताए । त्यसैगरी डिभिजन हेड स्थापितले एस सिक्स एज निकै आकर्षक ड्यूल कभ्र्ड स्मार्टफोन भएको भन्दै नेपाली उपभोक्ताहरुले मन पराउने आशा व्यक्त गरे ।

सामसुंगको ग्यालेक्सी एस सिक्सको बजार मूल्य ७७ हजार ९ सय रुपैंया तथा एस सिक्स एजको मूल्य ९४ हजार ९ सय रुपैंया तोकिएको छ । कम्पनीले दुबै स्मार्टफोनहरु ३२ जीबी आन्तरिक स्टोरेज क्षमताको मात्र भित्र्याएको छ । यी फोनहरुमा ३ जीबीको डिडिआरफोर र्याम राखिएको छ । तर विश्व बजारमा १२८ जीबी क्षमता सम्मका एस सिक्स तथा एस सिक्स एज उपलब्ध छन् । दुबै स्मार्टफोन चार रंगहरुमा बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दियो ।

यी दुवै फोनहरु बजारमा केहि २० अप्रिलदेखि मात्र खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका आधिकारीक शोरुमहरुबाट प्रि बुकिंग गर्नेहरुले २० तारिखदेखि तथा रिटेलरहरुबाट प्रि बुकिंग गर्ने ग्राहकहरुले २१ अप्रिलदेखि मात्र दुबै स्मार्टफोनहरु प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका एचएचपी डिभिजन हेड स्थापितले एस सिक्समा १० मिनेट मात्रै चार्ज गरेमा पनि ४ घण्टासम्म प्रयोग गर्न सकिने प्रविधि राखिएको बताए ।

यी फोनहरु केहि दिन अघि मात्र भारतमा पनि सार्वजनिक गरिएका थिए । भारतमा ३२ जीबीको एस सिक्सको बजार मूल्य ७९ हजार ८ सय ४० रुपैंयाको हाराहारीमा पर्दछ भने ९४ हजार २ सय४० रुपैंयाको हाराहारीमा पर्दछन् । यो आधारमा हेर्ने हो भने एस सिक्सको बजार मूल्य भारतमा भन्दा नेपालमा १ हजार ९ सय ४० रुपैंया कम तथा एस सिक्स एजको मूल्य ६ सय ६० रुपैंया महंगो देखिन्छ । फोटो साभारः बिजमाण्डु

यो पनि हेर्नुहोस्-

सामसुंगको बहुप्रतिक्षित ग्यालेक्सी एस६ तथा एस६ एज सार्वजनिक, आकर्षक फीचरहरु समावेश

Global Bank
easy care

प्रकाशित: ३ बैशाख २०७२, बिहीबार