Technology Khabar ३ बैशाख २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, ३ वैशाख । माइक्रोसफ्टले नयाँ मिड रेन्जको विण्डोज स्मार्टफोन लन्च गरेको छ । माइक्रोसफ्टले नयाँ थ्रीजी स्मार्टफोन लूमिया ५४० (Microsoft Lumia540) ल्याएको हो ।
माइक्रोसफ्टले लूमिया ५३० को सफलताबाट उत्साहित हुँदै नयाँ स्मार्टफोन लूमिया ५४० लन्च गरेको हो । यो स्मार्टफोन यहि मे महिनादेखि भारत, मध्यपूर्व, अफ्रीका तथा एशिया महादेशमा बिक्रीका लागि उपलब्ध हुनेछ ।
लूमिया ५४० को बजार मूल्य १५० अमेरिकी डलर तोकिएको छ । विण्डोज ८.१ अपरेटिंग सिष्टममा आधारीत यो स्मार्टफोनमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ । विण्डोज १० लन्च हुने समयसम्म यो फोनमा अपडेट गर्न सकिने बताईएको छ ।
फोनमा दुई सिम प्रयोग गर्न सकिन्छ भने दुईवटा प्रोफाइलको पनि सुविधा छ । अर्थात प्रयोगकर्ताले हरेक सिमको साथमा अलग प्रोफाइल बनाउन सक्नेछ भने कल फरवार्ड पनि गर्न सकिनेछ । लूमिया ५४० मा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ जसलाई माइक्रो एसडी कार्डको माध्यमबाट बढाउन सकिन्छ । यसमा १५ जीबीको वान ड्राइभ क्लाउड स्टोरेज पनि उपलब्ध छ ।
माइक्रोसफ्टको नयाँ स्मार्टफोन लूमिया ५४० मा ८ मेगापिक्सेलको एलईडी फ्ल्याससहित अटोफोकस रियर क्यामरा राखिएको छ भने ५ मेगापिक्सेलको वाईड एंगल फ्रन्ट क्यामरा छ ।
क्वालकम स्न्यापड्रयागन २०० चीपसेट प्रयोग गरिएको यो स्मार्टफोनमा १.२ गीगाहर्जको कोर्टेक्स ए७ सीपीयू रहेको छ ।
१ जीबी र्याम राखिएको यो स्मार्टफोनमा २२०० एमएएच ब्याट्री राखिएको छ । यो फोन बजारमा ग्लोसी रियान, अरेन्ज, ह्वाइट एण्ड मेट ब्ल्याक कलरमा उपलब्ध हुनेछ ।
प्रकाशित: ३ बैशाख २०७२, बिहीबार