Technology Khabar २ बैशाख २०७२, बुधबार
काठमाडौं ।
काठमाडौँ, २ बैशाख । माइक्रोम्याक्सले ग्राहकहरुलाई अझै सुविधाजनक सेवाहरु प्रदान गर्नका लागि आफ्नो पहिलो सोरुम संचालनमा ल्याएको छ । उक्त सोरुमको उद्घाटन बुधवार नेपाली क्रिकेटर बसन्त रेग्मी र मुरारका अर्गनाइजेशनका अध्यक्ष पशुपति मुरारकाद्वारा गरिएको कम्पनीले जनाएको छ ।
नयाँ वर्ष २०७२ को सुरुवात सँगै माइक्रोम्याक्सले काठमाडौँको पाको, न्युरोडअवस्थित ताम्राकार कम्प्लेक्समा सो सोरुम, माइक्रोम्याक्स वल्र्ड खोलेको हो । सोरुममा माइक्रोम्याक्स मोबाइल फोनका सम्पूर्ण सामग्रीहरु उपलब्ध रहेको कम्पनीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
सोहि अवसरमा कम्पनीले ललिपप ५.० अपरेटिङ सिस्टम भएको नयाँ मोबाइल माइक्रोम्याक्स क्यानभास फायर ४ ए (१०७) (Micromax Canvas Fire 4A) नेपाली बजारमा भित्र्याएको छ ।
माइक्रोम्याक्स क्यानभास फायर ४ मा ४.५ इन्चको एफडब्लूभीजीए स्क्रिन रहेको छ भने यसमा १.३ गीगाहर्जको प्रोसेसर रहेको छ । यस फोनमा एलईडी फ्ल्याश भएको ८ मेगापिक्सेलको मुख्य क्यामरा छ भने यसको २ मेगापिक्सेलको भीजीए फ्रन्ट क्यामरा छ ।
माइक्रोम्याक्सको पहिलो सोरुमको उद्घाटनको अवसरमा कम्पनीले ग्राहकहरुका लागि विभिन्न उपहार तथा योजनाहरु प्रस्तुत गरेको छ । ग्राहकहरुले मोबाइल स्टिकर, सेल्फ स्ट्याण्ड, मेमोरी कार्ड, पावर बैँक, ब्लुटुथ जस्ता सामग्रीहरु उपहारका रुपमा पाउनेछन् । यसका साथै माइक्रोम्याक्स मोबाइलको खरिदमा ग्राहकहरुले चकलेट पनि उपहार स्वरुप पाउनेछन् ।
प्रकाशित: २ बैशाख २०७२, बुधबार