घरजग्गा मेलाको तयारी पूरा

Technology Khabar १ बैशाख २०७२, मंगलवार

घरजग्गा मेलाको तयारी पूरा
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १ वैशाख । पाँचौं संस्करणको घरजग्गा मेलाको तयारी पूरा भएको छ । नेपाल घरजग्गा तथा आवास विकास संघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आगामी बैशाख ४ गतेदेखि ७ गतेसम्म “अर्घाखाँची घरजग्गा मेला” आयोजना हुदैछ । घर जग्गा र निर्माणसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । मेलाको मुख्य प्रायोजक अर्घाखाँची सिमेन्ट रहेको छ ।

संघले नेपालमा पाँचौ  पटक यस्तो  खालको मेलाका आयोजना गर्न  लागेको हो  । यस घर जग्गा मेलामा एकसय पचास भन्दा बढी प्रदर्शनीकर्ताले घरघडेरी तथा आवासीय क्षेत्रमा हालसम्म विकसित भएका हरेक जानकारी उपभोक्तालाई उपलब्ध गराउने छन् । यसबाट आवासीय क्षेत्रका साथै सम्बन्धित सरोकारवालाहरुका व्यापार प्रवद्र्धनमा थप उत्साह अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

मेलामा घरजग्गा, फर्निचर तथा फर्निसिङ, प्लम्बिङ्ग तथा सेनिटरी, निर्माण सामाग्री, ईन्टेरियर डिजाईन, वास्तु, बैंक तथा बीमा, इलेक्ट्रीकल सामाग्री लगायतका स्टल रहनेछन् । डेली प्रपर्टी टुर मेलाको मुख्य आकर्षणको रुपमा रहनेछ, जहाँ इच्छुक अवलोकनकर्ताले निर्माण सम्पन्न भएका घर तथा जग्गाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् ।

मेला १ लाख ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । यस्तै, मेलामा २ अर्ब भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलाका मुख्य विशेषताहरु दैनिक इच्छुक अवलोकनकर्ताका लागि घरजग्गा भ्रमण, वास्तुअनुसार घरको वनावटबारे जानकारी, वातावरणमैत्री घर निर्माण, भूकम्प प्रतिरोधात्मक घरहरु, भवन निर्माणमा नयाँ प्रविधिबारे जानकारी, घर विक्रिपछिको सेवा, घर पुनःनिर्माण, घर खरिदका लागि आवश्यक पूँजीबारे परामर्श रहेका छन् ।

Sajilo Visa

प्रकाशित: १ बैशाख २०७२, मंगलवार

तपाइको प्रतिक्रिया