सेञ्चुरी बैँकद्वारा भिसा डेबिट र ट्राभल कार्ड सेवा शुरु

Technology Khabar १ बैशाख २०७२, मंगलवार

सेञ्चुरी बैँकद्वारा भिसा डेबिट र ट्राभल कार्ड सेवा शुरु
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १ वैशाख । सेञ्चुरी कमर्सियल बैँकले आफ्नो ग्राहकहरुलाई थप सुविधा प्रदान गर्न सेञ्चुरी बैँक भिसा डेबिट कार्ड र ट्राभल कार्डका माध्यमबाट नेपालीहरुलाई विदेश यात्रा गर्न डलरको ट्राभल कार्डको सेवा शुरु गरेको छ ।

नयाँ वर्षको बैशाख १ गतेदेखि ग्राहकहरुले संसारको कुनै पनि ठाउँबाट यसको प्रयोग गरि पैसा निकाल्न र सामान खरीद गर्न सक्छन् । संसारभरिका कुनै पनि देशमा चल्ने भएकोले अब ग्राहकहरुले विदेश यात्राका क्रममा हाल नेपालमा ट्राभल चेक नभएको र विदेशी मुद्रा अभावले हुने कठिनाईबाट छुट्कारा पाउने बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छन् ।

ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सेञ्चुरी बैँकले भिसा कार्डको सेवा बैंकको ३१ वटै शाखाहरुबाट उपलब्ध गराउने जानकारी दिएको छ ।

आ.व. २०७१/७२ को पुस मसान्त सम्म बैंकले कुल निक्षेप रु.२३.३८ अर्व र कर्जा रकम रु. १९.७६ अर्व परिचालन गरी रु. १५.६९ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले हालसम्ममा ३१ वटा शाखा, २५ वटा एटीएम, ९ वटा शाखारहित बैंकिङ्ग र एउटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Sajilo Visa

प्रकाशित: १ बैशाख २०७२, मंगलवार

तपाइको प्रतिक्रिया