सामसुंगको गोल्ड प्लेटेड ग्यालेक्सी एस६ तथा एस६ एज विश्व बजारमा, मूल्य १ लाख रुपैंया भन्दा बढि

Technology Khabar ३० चैत्र २०७१, सोमबार

सामसुंगको गोल्ड प्लेटेड ग्यालेक्सी एस६ तथा एस६ एज विश्व बजारमा, मूल्य १ लाख रुपैंया भन्दा बढि

काठमाडौं ।

काठमाडौं, ३० चैत । कोरियाली कम्पनी सामसुंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस६ ( Galaxy S6 )तथा एस६ एज (Galaxy S6 Edge) नेपाली बजारमा सार्वजनिक हुनै बाँकी छ तर विश्व बजारमा भने ग्यालेक्सी एस६ र एस६ एजको गोल्ड प्लेटेड (Gold Plated) भर्सन आईसकेको छ ।

नेपालका लागि सामसुंग मोबाइलको आधिकारीक बितरक आईएमएसले यहि साता वैशाख ३ गते विहिवार एक कार्यक्रमकाबिच सोल्टी क्राउन प्लाजामा सामसुंगको नयाँ फ्ल्यागशिप फोन एस६ तथा एस६ एज सार्वजनिक गर्ने तयारी गरेको छ ।

नयाँ फोन सार्वजनिक कार्यक्रमका लागि विभिन्न व्यक्तिहरुलाई निम्तो पठाउने क्रम पनि शुरु भएको कम्पनी नजिक स्रोतले जानकारी दिएको छ । कम्पनीले नेपालमा ग्यालेक्सी एस६ को बजार मूल्य ७९ हजार ९ सय रुपैंया तथा एस६ एजको मूल्य ९४ हजार ९ सय रुपैंया तोकिएको (फेसबुकबाट) सामसुंग मोबाइलले जनाएको छ ।

नेपालमा अझै सामसुंगको ग्यालेक्सी एस ६ तथा एस६ एज खरिद गर्न केहि दिन कुर्नुपर्ने अवस्थामा विश्व बजारमा भने एस६ तथा एस६ एजको गोल्ड प्लेटेड भर्सन बिक्री शुरु भएको हो । तर यो बिक्री सामसुंगले आफैं गर्न भने लागेको होइन् ।

गोल्ड प्लेटेड अर्थात सुन लेपन तथा सुन जडित स्मार्टफोनहरु पछिल्लो दशकमा निकै चर्चाको विषयमा हुने गरेको छ, जसलाई सिमित मात्रामा बजारमा सार्वजनिक गरिन्छ । यहि मेसोमा सामसुंगको भर्खरै विश्व बजारमा आएको स्मार्टफोन ग्यालेक्सी एस६ तथा एस६ एजमा अतिरिक्त मूल्य तिरेर गोल्ड प्लेटेड गरिएका सेटहरु खरिद गर्न सकिने भएको छ । Mobileskhabar 2

सामसुंगको ग्यालेक्सी एस६ तथा एस६ एजको गोल्ड प्लेटेड भर्सन बजारमा ल्याउने काम भने भियतनाममा रहेको गोल्ड प्लेटिंग कम्पनी कारालक्स (karalux) ले गरेको हो । जसले उपभोक्तालाई गोल्ड प्लेटेड एस ६ तथा एस ६ एस बिक्री गर्नेछ ।

गोल्ड प्लेटेड सामसुंगका दुबै नयाँ मोडलहरुमा २४ क्यारेटको शुद्ध सुन जडित गरिएकोछ । सामसुंगका दुवै स्मार्टफोनहरुको अगाडि तथा पछाडि कोर्निंग गोरिल्ला ग्लास ४ द्धारा सुरक्षित गरिएको छ । यसको घुमाउरो भागमा भने मेटालिक प्यानेलहरु रहेका छ भने क्यामेराको मोडूलमा पनि मेटल रिम रहेको छ ।

कारालक्स शपले ग्यालेक्सी एस ६ मा २४ क्यारेटको सुनको लेपन लगाउन इन्जिनियरहरुलाई ३ घण्टाको समय लागेको थियो भने १० विभिन्न चरणहरुबाट गुज्रनु परेको थियो । त्यसैगरी यसमा सुनको लेपन नकोरियोस भनेर अतिरिक्त नानो लेयर राखिएको जनाएको छ ।

२४ क्यारेट शुद्ध सुन प्रयोग गरिएको गोल्ड प्लेटेड ग्यालेक्सी एस ६ खरिद गर्ने हो भने खरिद कर्ताले कम्तिमा ४ सय डलर रुपैंया थप तिर्नुपर्नेछ ।

हाल विश्व बजारमा सामसुंग ग्यालेक्सी एस ६ को मूल्य ६ सय ८५ डलर तोकिएको छ । यसलाई गोल्ड प्लेटेड बनाएर खरिद गर्ने हो भने खरिदकर्ताले १ हजार ८५ डलर अर्थात १ लाख रुपैंया भन्दा बढि तिर्नुपर्नेछ । एजेन्सीको सहयोगमा

easy care

प्रकाशित: ३० चैत्र २०७१, सोमबार

ताजा समाचार