Technology Khabar ३० चैत्र २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, ३० चैत । फेसबुक म्यासेन्जर सेवा अब ल्यापटप, डेस्कटप तथा ट्याबलेटमा पनि प्रयोग गर्न सकिने भएको छ । फेसबुक म्यासेन्जरद्धारा संदेश आदानप्रदान गर्नको अब मोबाइल एपमा मात्र निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
अब प्रयोगकर्ताहरुले आफ्ना ल्यापटप, डेस्कटप वा ट्याबलेटमा पनि फेसबुक म्यासेन्जर प्रयोग गर्न सक्दछन् । यसअघि नै फेसबुकले डेस्कटपमा च्याटको सुविधा दिएको छ ।
तर फेसबुकले म्यासेन्जर टूलको यो वेब संस्करणमा प्रयोगकर्ताहरुले बिना कुनै वाधा अवरोध च्याटिंगको सुविधा प्रदान गर्ने जानकारी दिएको छ । यो म्यासेन्जर फेसबुकको मुख्य पेजमा आउँछ । फेसबुकले हालै आफ्नो म्यासेन्जर सेवालाई आफ्नो मुख्य पेज फेसबुक डटकमबाट अलग गरेर वेबसाइट म्यासेन्जर डटकमको रुपमा शुरु गरेको छ ।
फेसबुकको म्यासेन्जरको छुटै बेवसाइटको रुपमा शुरुभएपनि फेसबुकको यो नयाँ वेब टूलको प्रयोग गर्नका लागि प्रयोगकर्तासँग फेसबुक एकाउन्ट हुनुपर्नेछ । म्यासेन्जर डटकम विशेषगरी यस्ता प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर शुरु गरेको हो, जो फेसबुकमा उपलब्ध अन्य सेवाहरुबाट नरोकिकन च्याटिंग गर्न मनपराउँछन् ।
फेसबुकका प्रवक्ताले म्यासेन्जर डटकम बिना कुनै अवरोध च्याटिंग गर्नको लागि भएको बताए । उनले आफ्नो मुख्य वेब पेजबाट म्यासेजिंग सेवा हटाउने फेसबुकको कुनै योजना नभएको बताए ।
प्रकाशित: ३० चैत्र २०७१, सोमबार