सामसङद्वारा नयाँ वर्षको लागि ‘फ्रेस प्राइसहरु’ योजना

Technology Khabar ३० चैत्र २०७१, सोमबार

सामसङद्वारा नयाँ वर्षको लागि ‘फ्रेस प्राइसहरु’ योजना

काठमाडौं ।

काठमाडौँ, ३० चैत । नेपालमा सामसङको आधिकारिक विक्रेता, हिम इलेक्ट्रोनिक्स प्रालिले यस आउँदो नयाँ वर्षलाई लक्षित गर्दै नेपालका आफ्ना ग्राहकहरुका लागि “सामसङ फ्रेस न्यु इयर, फ्रेस न्यु प्राइसेस” योजना ल्याएको छ ।

नयाँ वर्ष २०७२ को सुरुवातसँगै सामसङले आफनो कन्ज्युमर इलेक्ट्रोनिक्स र होम एप्लायन्सहरुमा फ्रेस दामहरु प्रस्तुत गरेको छ । नयाँ वर्षमा सबैजनाले नयाँ सुरुवात गर्न खोज्दछन र सामसङले “सामसङ फ्रेस न्यु इयर, फ्रेस न्यु प्राइसेस” योजना मार्फत सामसङका उत्पादनहरु नयाँ प्राइसमा खरिद गरि जीवनमा उमङ्ग फैलाउन मद्दत गरेको छ ।

यस फ्रेस अफरमार्फत ग्राहकहरुले सामसङ एलइडि टिभी २२ हजार ४ सय ९० रुपैंया देखिको दाममा खरिद गर्न सक्छन् भने नयाँ आधुनिक प्रविधिको कर्भड युएचडि टिभी ७ लाख १९ हजार ९ सय ९० रुपैंयामा खरिद गर्न सक्छन् । यसका साथै सामसङका सिङ्गल डोर रेफ्रिजरेटरहरु २१ हजार ९ सय ९० रुपैंयादेखिको दाममा खरिद गर्न सकिन्छ भने क्वाट्रो फुड सोकेस स्मार्ट रेफ्रिजरेटरहरु ३ लाख ६१ हजार ९९० सम्ममा खरिद गर्न सकिन्छ ।

यस्तै यस फ्रेस अफर मार्फत ग्राहकहरुले सोलो माइक्रोवेभ ओभन १० हजार ४ सय ९० रुपैंयादेखि खरिद गर्न सक्छन् भने स्मार्ट अल इन वान माइक्रोवेभ ओभनको रु ३६ हजार ४ सय ९० रुपैंयासम्म पर्दछ । यसै गरि सामसङको सेमि अटो वासिङ मेसिनको १९ हजार ९ सय ९० रुपैंया पर्दछ भने अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको एक्टिभ वास टप लोडिङ वासिङ मेसिनको ३२ हजार ७ सय ९० रुपैंया पर्दछ ।

यो “सामसङ फ्रेस न्यु इयर, फ्रेस न्यु प्राइसेस” योजना २९ चैत्र २०७२ देखि  १५ असार २०७३ सम्म लागू हुनेछ ।

Sajilo Visa

प्रकाशित: ३० चैत्र २०७१, सोमबार

तपाइको प्रतिक्रिया