Technology Khabar २९ चैत्र २०७१, आईतवार
काठमाडौं ।
काठमाडौं, २९ चैत । जियोनी मोबाइलले चैत्र २५ मा न्यूरोडको ताम्राकार कम्प्लेक्समा २०७२ साल वैशाख ४ गते हुन गइरहेको मिस नेपाल प्रतियोगीताको प्रबद्र्धनका लागि कार्यक्रम आयोजना गरेको छ ।
२०१५ को मिस नेपाल प्रतियोगिताको सह–प्रायोजक रहेको जियोनी मोबाइलले प्रतियोगिताका सबै १९ प्रतियागिहरुलाई जियोेनी मिस पपुलर च्वाइसको लागि आफूलाई भोट गर्दिनहुन ताम्राकार कम्प्लेक्समा उपस्थित दर्शकहरुलाई अनुरोध गर्ने मौका दिएको थियो ।
कम्पनीले गत १५ दिनभित्र खरिद गरिएका कुनै पनि जियोनी मोबाइलको रसिद ग्राहकहरुबाट संकलन गरिरहेको थियो । ती सम्पूर्ण ग्राहकहरुबाट एक भाग्यमानी विजेता घोषणा गर्ने र पातलो र स्टाइलिस इलाइफ एस ५.१ (Elife S5.1) पुरस्कार स्वरुप दिने जियोनीको योजनाअनुसार चैत २० मा जियोनी भि फोर एस् फोन खरिद गरेका भाग्यमानी सागर खनाललाई मिस नेपाल २०१५का १९ प्रतियोगिहरुमाझ पुरस्कार दिइएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
प्रकाशित: २९ चैत्र २०७१, आईतवार