पञ्चकन्या समूहको नयाँ पाईप फिटिङ्गस बजारमा

Technology Khabar २९ चैत्र २०७१, आईतवार

पञ्चकन्या समूहको नयाँ पाईप फिटिङ्गस बजारमा

काठमाडौं, २९ चैत । नेपालमा पहिलो पटक पञ्चकन्या समूहले चिसोपानीको लागि उपयुक्त यूपीभीसी प्लम्बिङ पाईप तथा फिटिङ्गस बजारमा ल्याएको छ । यी पाईपहरु ब्याक्टेरिया फ्रि हुनुका साथै लिड फ्रि, नन–कोरोसिब, नन–टक्सिक, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त रहेको बताईएको छ ।

यस्ता पाईप तथा फिटिङ्गसहरु वातावरणीय अनुकूल र स्वास्थ्यको हिसावले उत्कृष्ट मानिने कम्पनीको दाबीछ । उक्त पाईपहरु चिसो पानीको लागि अति उपयोगी हुने र ठूला भवन, अपार्टमेण्ट, हस्पिटल, स्वीमिङ पुल जस्ता संरचनाहरुमा कम्तिमा ५० वर्षसम्म प्रयोग गर्न सकिने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित: २९ चैत्र २०७१, आईतवार

Comments are closed.

Loading...