मोबाइल कार्निभल शुरु, एसिड घट्ना पिडित किशोरीहरुलाई रु‍. ५० हजार छात्रवृत्ति

Technology Khabar २८ चैत्र २०७१, शनिबार

मोबाइल कार्निभल शुरु, एसिड घट्ना पिडित किशोरीहरुलाई रु‍. ५० हजार छात्रवृत्ति
Classic Tech
Nepal Telecom

काठमाडौं, २८ चैत । पाको, न्यूरोड क्षेत्रमा आजदेखि मोबाइल कार्निभल-२०१५ औपचारिकरुपमा शुरु भएको छ । पाको युथ क्लबको आयोजनामा शुरु भएको कार्निभलको उदघाटन एसिड घट्नाकी पिडित किशोरी सिमा बस्नेतले गरेकी थिईन् ।

किशोरी सिमा बस्नेतले एसिडबाट आफु पिडित भएपनि आगामी दिनमा अझै ससक्तरुपमा जिवन शुरु गर्ने बताईन् । उनले पाको यूथ क्लबको नेतृत्वमा दिएको सहयोग रकम भविश्यमा उच्च शिक्षामा सदुपयोग गर्ने जानकारी दिईन् ।Mobileskhabar_1

मोबाइल कार्निभल-२०१५ को उदघाटनको अवसर पारेर कार्निभल आयोजकको तर्फबाट एसिड घट्नामा पिडित किशोरीहरु संगिता मगर तथा सिमा बस्नेतलाई उच्च शिक्षाको लागि छात्रवृत्ति रकमअन्तरगत ५० हजार रुपैंया नगद सहयोग हस्तान्तरण गरिएको छ ।

क्लबका अध्यक्ष अमृत मानन्धर तथा टेलि टू प्रा लिका अध्यक्ष पुरुषोत्तम बस्नेतद्धारा सिमा बस्नेत तथा संगिता मगरकी आमालाई प्रतिव्यक्ति २५ हजार रुपैंया तथा हुवावेको स्मार्टफोन प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । Mobileskhabar_3

उदघाट्न कार्यक्रममा टेलि टूका अध्यक्ष बस्नेतले कार्निभलमा व्यवसायका साथै सामाजिक कार्यअन्तरगत एसिड घट्नका पिडित दुईजना किशोरीहरुलाई सहयोग गरिएको बताए । उनले यो कार्निभल तथा महोत्सव अवधिभर पाको, न्यूरोड, ताम्राकार कम्प्लेक्स तथा पिपुल्स प्लाजा क्षेत्रका पसलहरुमा ग्राहकहरुले अधिक छुटमा मोबाइल तथा एसेसरिज खरिद गर्न सक्ने जानकारी दिए ।

त्यसैगरी क्लबका अध्यक्ष मानन्धरले महोत्सवलाई नयाँ वर्षको स्वागत गर्ने अवसरको रुपमा लिएर ग्राहकहरुले मोबाइल खरिदमा अधिक फाईदा लिन सक्ने बताए ।

कार्यक्रममा सामसुंग मोबाइल एण्ड इलेक्ट्रोनिक्सका गुरुदत्त शर्माले महोत्सवको पहिलो दिनदेखि नै विभिन्न ब्राण्डका मोबाइल सेटहरुको बिक्री बढेको जानकारी दिए । उनले हुवावे ब्राण्डको माग अधिक भएको भन्दै अन्य ब्राण्डको मोबाइल सेटको बिक्री पनि सन्तोषप्रद रहेको दाबी गरे ।

चैत २८ गतेदेखि २०७२ वैशाख १ गतेसम्म आयोजना हुने नेपालको सबैभन्दा ठूलो र पहिलो मोबाइल महोत्सवको अवधिभर मोबाइल खरिदकर्ताहरुलाई विभिन्न स्कीममार्फत कुल १ करोड रुपैंयासम्मको छुट दिईने भएको आयोजकले जनाएको छ ।

त्यसैगरी मोबाइल महोत्सवको अवधिभर पाको न्यूरोड क्षेत्रमा मोबाइल खरिद गर्ने एस. एल. सी. दिएका विद्यार्थीहरुमध्ये १ जनाले ५० हजार रुपैंयासम्मको स्कलरशिप दिईने बताईएको छ  ।

कार्निभलमा मोबाइल खरिद गर्ने अन्य ग्राहकहरुलाई महोत्सव अवधिभर ५० वटा स्मार्टफोनहरु उपहारमा दिईनेछ । मोबाइल कार्निभल तथा महोत्सव अवधिभर १० लाख उपभोक्ताहरुको सहभागिता हुने आयोजकको अनुमान छ । कार्निभल तथा नयाँ वर्षको अवसर पारेर ल्याईने विभिन्न स्कीमहरु भने वैशाख १५ गतेसम्म ग्राहकहरुले प्राप्त गर्न सक्ने जानकारी दिईयो । मोबाइल कार्निभलमा मोबाइल म्यूजिकल कन्सर्ट, मोबाइल फुड फेस्टा, हेल्थ क्याम्प, बालबालिकाको गेमिंग जोन, गणेश पुजा तथा मोबाइल एक्सपो समाबेश गरिएको छ ।

२०० भन्दा बढि मोबाइल पसल तथा शोरुमहरु रहेको पाको, न्यूरोड, ताम्राकार कम्प्लेक्स तथा पिपुल्स प्लाजा क्षेत्रमा हाल २५ भन्दा बढि मोबाइल ब्राण्डका आधिकारीक सर्भिस सेन्टरहरु संचालनमा रहेका छन् ।

मोबाइल कार्निभलमा सामसुंग, हुवावे, कलर्स, जियोनी, इन्टेक्स, डिटिसी, सोनी, माइक्रोम्याक्स, माइक्रोसफ्ट तथा नोकिया, एप्पल, एचटिसी, ब्ल्याकबेरी, पानासोनीक, लेनोभो, सेलकोन, लाभा, बिक्यू, जोलो, विनकम, फ्लाई, भिडियोकोन, बर्डलगायतका मोबाइल ब्राण्डहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।

TK Viber

प्रकाशित: २८ चैत्र २०७१, शनिबार

Comments are closed.

Loading...