हुवावेको नयाँ मिडिया प्याड ‘टि वान ८.०’ बजारमा

Technology Khabar २५ चैत्र २०७१, बुधबार

हुवावेको नयाँ मिडिया प्याड ‘टि वान ८.०’ बजारमा
Global IME Bank

काठमाडौं ।

काठमाडौं, चैत्र २५ गते । हुवावेले नयाँ मिडिया प्याड नेपाली बजारमा सार्वजनिक गरेको छ । हुवावेले नयाँ ट्याबलेट मिडिया प्याड टी वान ८.० नयाँ बर्षको अवसर पारेर बजारमा सार्वजनिक गरेको हो । कम्पनीले विशेषगरी ट्याबलेटमा नै कार्यालयका कामहरु गर्न चाहने र हरेक प्रकारका अफिस टूलहरु प्रयोग गर्न चाहने ग्राहकहरुलाई ध्यानमा राखेर नयाँ ट्याबलेट सार्वजनिक गरेको हो ।

हुवावेको नयाँ मिडिया प्याड टि वानमा ८ इन्चको आईएसपी एलसीडी डिस्प्ले रहेको छ, जसको रिजोल्यूशन १२८०X८०० रहेको छ । थ्रीजी सपोर्ट गर्ने नयाँ ट्याबलेटमा एउटा सिम मात्र प्रयोग गर्न सकिन्छ । सिम राख्न र मेमोरी कार्ड राख्नको लागि ट्याबलेट खोल्नु पर्ने बाध्यता नहुने तथा यसको लागि सिम कार्ड तथा मेमोरी कार्ड स्लट ट्याबलेटको देब्रेपट्टि राखिएको कम्पनीले जानकारी दिएको छ ।

हुवावेले भित्र्याएको नयाँ ट्याबमा १ जीबीको र्याम छ भने ८ जीबीको आन्तरिक स्टोरेज क्षमता रहेको छ, जसलाई माइक्रो एसडीको माध्यमबाट ३२ जीबीसम्म बढाउन सकिन्छ । अधिक क्षमताको र्याम र स्टोरेजका कारण प्रयोगकर्ताले आफुले चाहे अनुसारको डकुमेन्ट, एप्स, भिडियो तथा फोटोहरु स्टोर गर्न सक्दछन् ।

ट्याब टि वानमा ५ मेगापिक्सेलको अटोफोकश रियर क्यामरा रहेको छ भने फ्रन्ट क्यामरा ०.३ मेगापिक्सेलको रहेको छ । ट्याबमा एचडि क्वालिटिको भिडियो पनि खिच्न र स्टोरेज गर्न सकिनेछ ।

१.२ जीबीको क्वाड कोर प्रोसेसर राखिएको यो ट्याबलेट एन्ड्रोयडको ४.३ भर्सनमा आधारित रहेको छ । नयाँ ट्याबलेट मिडिया प्याड टि वान ८.० सेतो र कालो रंगहरुमा बजारमा उपलब्ध रहेको छ ।

यो ट्याबलेटमा जिओ ट्यागिंग, भ्वाईस कलिंग, वाईफाई डिरेक्ट लगायतका फीचरहरु रहेको छन् ।

हुवावेको मिडिया प्याड टि वान ८.० स्थानिय बजारमा अधिकतम २० हजार ९ सय ९९ रुपैंयामा उपलब्ध रहेको छ भने यसको खरिदमा ग्राहकहरुले फ्लिप कभर तथा स्टीकर निशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २५ चैत्र २०७१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार