सिटिसीमा हुने मोबाइल एक्स्पोमा विभिन्न कम्पनीका नयाँ उत्पादन आउने

Technology Khabar २२ चैत्र २०७१, आईतवार

सिटिसीमा हुने मोबाइल एक्स्पोमा विभिन्न कम्पनीका नयाँ उत्पादन आउने

काठमाडौं ।

काठमाडौं, २२ चैत । सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो २०१५को अवसर पारेर विभिन्न मोडलका नयाँ मोबाइल फोनहरु सार्वजनिक हुने भएका छन् । सिटिसी मलमा अवस्थित सिटिसी मोबाइल बजारले ग्राण्ड ओपनिङ्ग तथा नयाँ बर्ष २०७२ को अवसर पार्दै गर्न लागेको सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो २०१५ मा विभिन्न ब्राण्डका नयाँ मोबाइल फोन तथा ट्याबलेटहरु सार्वजनिक हुने भएका हुन् ।

आईतवार एक्स्पोका आयोजक सिटिसी मोबाइल बजारले पत्रकार सम्मेलन गर्दै मोबाइल एक्सपोको बारेमा जानकारी दिएको छ । कार्यक्रममा बजारका अध्यक्ष संदिप मानन्धरले तेस्रो, चौथो र पाँचौ तल्लामा मोबाइल पसल तथा सर्भिस सेन्टर स्थापना गरि यस मललाई मोबाइल तथा इलेक्ट्रोनिक्स हबका रुपमा अघि बढाइएको जानकारी दिए ।

त्यसैगरी पत्रकार सम्मेलनमा आईएमएसका अध्यक्ष दिपक मलहोत्राले नयाँ मोबाइल बजार खुल्नु राम्रो भएको भन्दै बजारमा आउने ग्रे मोबाइल सेटहरुको बिक्री रोक्न सबैले सहयोग गर्नुपर्ने बताए । उनले ग्रे मार्केटमा उपलब्ध हुने मोबाइलहरु सस्तो भएपनि ती मोबाइलहरु गुणस्तरहीन हुने हुँदा ग्राहकहरु ठगिने संभावना रहेको स्पष्ट पारे ।

सामसुंग मोबाइलले एक्सपोको अवसर पारेर सामसुंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ६ र एस ६ एजको बुकिंगमा विभिन्न उपहार दिने जानकारी दिएको छ ।

त्यसैगरी एक्सपोको अवधिपारेर कलर्सले पावर ११६ र पावर ११७ मोडलका स्मार्टफोन ल्याउने भएको छ भने जियोनीले नयाँ स्मार्टफोन एस ७ सार्वजनिक गर्दैछ । हुवावेले पनि नयाँ मोडलका स्मार्टफोनहरु ल्याउने जानकारी दिएको छ भने माइक्रोम्याक्सले नयाँ ट्याब पी ६६६ तथा नयाँ स्मार्टफोनको बजार प्रबद्र्धन गर्नेछ ।

“सुचना प्रविधीको नयाँ आधार, सबैको लागि सिटिसी मोबाइल बजार” मुख्य नाराका साथ सुरु गर्न लागिएको मोबाइल एक्स्पो २७ चैत देखि बैशाख ५ गतेसम्म चल्नेछ। हरेक घण्टामा ५५ प्रतिशतको क्यास ब्याक अफर, प्रत्येक मोबाइल खरिदमा ८ देखि ५५ प्रतिशत छुट,  तथा हरेक दिन ५ वटा मोबाइल लक्की ड्र मार्फत बितरण गरिने ब्यबस्था गरिएको जानकारी दिईयो ।

एसएलसी दिएर बसेका बिद्यार्थीहरुलाई प्रबेशसँगै लक्की ड्र मा समाबेश गराइनुका साथै उनीहरुलाई बिशेष छुटको ब्यबस्था गरिएको छ । एसएलसी दिएर बसेका बिद्यार्थीहरुले प्रबेश सँगै लक्की ड्र मा समाबेश गरिने तथा लक्की ड्र मार्फत प्रत्येक दिन १ वटा मोबाइल बितरण गरिने दाबी गरिएको छ ।  यसैगरि टेलिकम्युनिकेशन सेबा प्रदायक संस्था एनसेलले एक सीम किन्दा अर्को सीम सित्तैमा दिने तथा केहि उपहार किट बितरण गर्ने भएको छ ।

“नझुक्याउने पक्का पर्ने” ग्राण्ड अफरसहित सुरू हुन लागेको मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट, मोबाइल एसेसरिजको बिक्री बितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने अनुमान आयोजकको छ ।

यस मोबाइल बजारमा १ हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म पर्ने नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटहरु बिक्री वितरण हुनेछन् । तेस्रो तल्लामा फुडकोर्ट, गेमिङ जोन, टच एण्ड फिल जोन, लगायत चौथो र पाँचौ तल्लामा गरि सय भन्दा बढी पसलहरु संचालनमा छन् । त्यसैगरी बजारमा विभिन्न कम्पनीहरुले सर्भिस सेन्टर संचालन गर्ने क्रममा रहेको आयोजकले जानकारी दिएको छ ।

easy care

प्रकाशित: २२ चैत्र २०७१, आईतवार