माइक्रोसफ्टको अफिस ३६५ नेपालमा सार्वजनिक

Technology Khabar २२ चैत्र २०७१, आईतवार

माइक्रोसफ्टको अफिस ३६५ नेपालमा सार्वजनिक

काठमाडौं ।

काठमाडौं, चैत २२ । अमेरिकी सफ्टवेयर निर्माता माइक्रोसफ्टले नयाँ सफ्टवेयर ‘अफिस ३६५’ नेपालमा सार्वजनिक गरेको छ । यो माइक्रोसफ्ट अफिस’को अनलाइन भर्सन हो ।

कम्पनीले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सो सफ्टवेयर सार्वजनिक गरेको हो । व्यवसाय, शिक्षालगायत प्रयोजनका लागि नेपाली बजारमा यो सफ्टवेयर ल्याइएको कार्यक्रममा जानकारी दिईयो । अफिस ३६५ को सहायताले भौतिक सर्भरविनै ‘क्लाउड सभिर्भ’को फाइदा लिन सकिने कम्पनीको भनाई छ ।

गत नोभेम्बरमा लञ्च गरिएको अफिस ३६५ अहिले पनि १० भन्दा बढी कम्पनीले जनाएको छ । यो सफ्टवेयरको ‘एक्सचेञ्ज अनलाइन’ भर्जनको मूल्य प्रतियूजर २ अमेरिकी डलरबाट शुरू हुने तथा ‘व्यवसाय’ भर्जन प्रतियूजर मासिक ५ डलरबाट शुरू हुने पनि जानकारी दिइयो ।

कार्यक्रममा माइक्रोसफ्टका एसिया प्यासिफिक इमरजिङ मार्केटका जनरल म्यानेजर मिशेल सिम्मनसका साथै माइक्रोसफ्टका एशिया प्यासिफिक अफिस डिभिजनका जनरल म्यानेजर बाइरन राडरलगायत उपस्थित थिए ।

Sajilo Visa

प्रकाशित: २२ चैत्र २०७१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार