इन्टरनेसनल डेभलपमेन्ट बैङ्कले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने

Technology Khabar २० चैत्र २०७१, शुक्रबार

इन्टरनेसनल डेभलपमेन्ट बैङ्कले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २० चैत । इन्टरनेसनल डेभलपमेन्ट बैङ्क लिमिटेडको पाँचौ वार्षिक साधारण सभाले सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर गरी २० प्रतिशत प्रतिफल दिने प्रस्ताव पारित गरेको छ ।

उक्त साधारण सभाबाट संस्थापक समूहहरू अन्तर्गत ६ जना सञ्चालकहरू माधवप्रसाद भट्ट, सुरेन्द्रकुमार पोखरेल, परशुराम कार्की, पिताम्बर गैरे, निरञ्जनकुमार साहु र राजेन्द्रकुमार घिसिङ निर्विरोध निर्वाचित भएका छन् भने सोही दिन बसेको सञ्चालक समितिको बैठकले माधवप्रसाद भट्टलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

राष्ट्रियस्तरको विकास बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट सञ्चालन अनुमती प्राप्त गरेको इन्टरनेसनल डेभपलपेन्ट बैंकको अधिकृत पूँजी २ अर्ब र चुक्ता पूँजी रु. ६४ करोड रहेकोमा बोनस सेयर जारी भएपश्चात् बैङ्कको कुल चुक्त पूँजी रू.७०.४ करोड पुगेको छ ।

बैङ्कले काठमाडौं उपत्यका भित्र र देशका विभिन्न स्थानहरुमा गरी कुल १४ वटा शाखा कार्यालयहरु र १३ वटा एटिएमबाट बैङ्किङ सेवा सञ्चालन गर्दै आएको छ ।

Sajilo Visa

प्रकाशित: २० चैत्र २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया