Technology Khabar २० चैत्र २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २० चैत । मेगा बैंक नेपाल लिमिटेडले मेगा धमाका बोनान्जा मुद्दति खाता संचालनमा ल्याएको छ । यो योजनाअन्र्तगत ६५ दिने र १२० दिने दुई वटा अफर छन् । ६५ दिने मुद्दति खातामा ६ प्रतिशत बार्षिक ब्याजको रकम ६५ दिनमा भुक्तानी पाइन्छ ।
यसैगरी, १२० दिने मुद्दति खाता खोलेमा ६.५ प्रतिशत बार्षिक ब्याजको भुक्तानी १२० दिनमै पाइनेछ । मुद्दति निक्षेपको अवधि समाप्तीस‘गै सांवा तथा ब्याजको रकम आफ्नो ब्याज आर्जित खातामा स्वतः जम्मा हुने बैंकले जनाएको छ । न्यूनतम मौज्दात दुई लाख रुपैंया रहेको यो योजना व्यक्तिगत खाताका लागि लागू हुने बैंकले जनाएको छ ।
यसैगरी, ग्राहकले निःशुल्क रुपमा एससीटी डेबिट कार्ड, चेकबुक, अनलाइन बैंकिङ सुविधा, एकाउन्ट स्टेटमेन्ट, एबीबीएस सुविधा प्राप्त गर्न सक्नेछन् । यस खाता खोल्ने ग्राहकले निक्षेपको ९० प्रतिशतसम्म ओभरड्राफ्ट सुविधा पाउनेछन् । यो खाता मेगा बैंकको देशभर छरिएका २८ वटा शाखाबाट खोल्न सकिनेछ ।
प्रकाशित: २० चैत्र २०७१, शुक्रबार