प्रभू मेनेजमेन्टद्धारा सहकारी संस्थाहरुको लागि गुरु सफ्टवेयर निर्माण

Technology Khabar २० चैत्र २०७१, शुक्रबार

प्रभू मेनेजमेन्टद्धारा सहकारी संस्थाहरुको लागि गुरु सफ्टवेयर निर्माण

काठमाडौं ।

काठमाडौं, २० चैत । वित्तिय सेवालाई अझ सुलभ र छरितो बनाउनको लागि प्रभू ग्रुप अन्तरगत प्रभु मेनेजमेन्टले नयाँ बैंकिङ सफ्टवेयरको विकास गरेको छ । ‘गुरु’ नाम दिईएको उक्त सफ्टवेयर देशैभरी छरिएर रहेका सहकारी संस्थाहरुलाई निःशुल्क रुपमा वितरण गरि बैंकिङ सेवालाई अझ सहज बनाईने प्रभु मेनेजमेन्टले जनाएको छ ।

मिडिया इन्टरनेशनलमा आयोजित पत्रकार सम्मेलनमा प्रभु बैंकका अध्यक्ष देविप्रकाश भट्टचनले सफ्टवेयर विकास भए पछि ग्रामिण क्षेत्रमा रहेका सहकारीबाटै बैंकिङ सेवा सर्वसुलभ हुने बताए । सफ्टवेयर आफैमा एक नयाँ प्रविधि भएको भन्दै भट्टचनले भने, ‘ग्रामिण भेगमा रहेका सहकारीहरुले सञ्चालन गरेको बैंकिङ सेवालाई यो सफ्टवेयरले झन् सहयोग पुर्याउने छ, गाउँका सबै युवा विदेशतिर छन् उनीहरुका लागि बैंकिङ कारोबार गर्न यो सफ्टवयर निकै प्रभावकारी हुनेछ । ।’

कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक दक्ष पौडेलले वित्तिय अनुसान कायम राख्न तथा जोखिम रहित बैंकका लागि विस्तार गरेको गुरु सफ्टवेयर सहकारी क्षेत्रमा कोसेढुङ्गा सवित हुने बताए ।

कार्यक्रममा प्रभु मेनेजमेन्टका कुसुम लामाले देशभरीका सहकारीहरुको हितलाई मध्यनजर गर्दै उनीहरुको दिगो विकासका लागि प्रभु मेनेजमेन्टले निःशुल्क रुपमा सफ्टवयर वितरण गर्न लागेको बताइन् । देशभरिको बैंकिङ सेवाको सर्बेक्षण गरी सहकारीको माध्यमबाट हुने बैंकिङ सेवालाई अझै चुस्त दुरुस्त बनाउन उक्त सफ्टवयरले महत्वपुर्ण भूमिका खेल्ने लामाले बताइन् ।card===

अन्तर सहकारी मनी ट्रान्सफर तथा अन्य वित्तिय कार्यका लागि समेत यो सफ्टवेयर उपयुक्त हुने बताइएको छ । ‘गुरु’ नामक अत्याधुनिक सफ्टवेयर निःशुल्क वितरण हुने भएकाले ससाना सहकारीले समेत यो अत्याधुनिक सुविधा उपभोग गर्न पाउने छन् । एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ तथा डेविड कार्डको प्रयोग गर्न सफ्टवेयर सहयोगी हुने कम्पनीको दाबी छ ।

के हो गुरु सफ्टवेयर ?

यो प्रविधिबाट भारत लगायतका देशहरुमा सहकारीले काम गरीसकेको कम्पनीले जानकारी दियो । नेपालमा भने सहकारीका लागि यो नयाँ प्रविधि मानिन्छ । यसमा प्रयोग भएका सबै तथ्यांकहरु डेटा सेन्टरमा नै रहन्छन् । क्लाउडमा आधारि भएको हुँदा यसमा प्रयोग हुने सबै तथ्यांकहरु सुरक्षित हुने सफ्टवेयर विकास गर्ने कम्पनीले जानकारी दिएको छ । बैंकिङ कारोबार गर्ने प्रत्येक सहकारीले सर्भरको माध्यमबाट यसलाई प्रयोग गर्न सक्नेछन् । यसलाई सुरक्षित गर्नको लागि इन्फरमेसन सेक्युरिट म्यानेजमेन्ट भनेर नेपालमै पहिलो पटक यस्तो प्रक्रिया भित्र्याईएको प्रभू मेनेजमेन्टले बताएको छ ।

Global Bank
easy care

प्रकाशित: २० चैत्र २०७१, शुक्रबार

ताजा समाचार