Technology Khabar २० चैत्र २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौँ, २० चैत । माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ ट्याब माइक्रोम्याक्स ट्याब पी६६६ बजारमा उपलब्ध गराएको छ । भारतमा उत्पादन भएको सो ट्याब आफनो क्लासको सबैभन्दा किफायती मध्येमा पर्ने कम्पनीको दाबी छ ।
माइक्रोम्याक्सले प्रस्तुत गरको नयाँ ट्याबमा ८ इन्चको मल्टिटच डिस्प्ले रहेकोको छ जसको रिजोल्यूशन ८००X१२८० छ जसले उत्कृष्ट पिक्चर क्ल्यारिटी प्रस्तुत गर्दछ ।
माइक्रोसफ्ट ट्याब पि ६६६ मा भएको १.२ गीगाहर्जको इन्टेल एटोम प्रोसेसरले सबै एप्लिकेसनहरु पहिले भन्दा छिटो र सरल रुपमा चल्छन् । साथै यसमा इन्टरनेट पनि ज्यादै छिटो चल्ने कम्पनीले दाबी गरेको छ ।
यसमा अटोफोकस भएको ५ मेगापिक्सेलको रियर क्यामरा रहेको छ । यसका साथै माइक्रोम्याक्स ट्याब पी६६६ पिक्चर क्वालिटी राम्रो भएकाले भिडियो खिच्नका लागि पनि यो उपयुक्त छ । साथै सेल्फी र वेफी खिच्न मन पराउने ग्राहकहरुका लागि यसमा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि रहेको छ ।
एन्ड्रोयडको किटक्याट ४.४ भर्सनमा आधारित माइक्रोम्याक्सको नयाँ ट्याबमा धेरै भेराइटीका एप्लिकेसनहरु डाउनलोड गर्न सकिन्छ । यस ट्याबमा १ जीबीको र्यामपनि रहेको छ जसले यस उपकरणको प्रोसेसलाई झनै छिटो बनाउँछ ।
सिम कार्ड प्रयोग गर्न सकिने यो ट्याबमा थ्रीजी तथा वाईफाई सजिलोसँग चलाउन सकिन्छ । नयाँ ट्याबलमा ८ जीबीको आन्तरिक स्टोरेज क्षमता छ जसलाई एसडी कार्डको माध्यमबाट ३२ जीबीसम्म बढाउन सकिन्छ । यस ट्याबमा ४४०० एमएएचको ब्याट्रि छ, जसले एकै पटकको चार्जबाट ३२५ घण्टा सम्मको स्ट्याण्डबाई दिन्छ । माइक्रोम्याक्सको ट्याब पी ६६६ को बजार मूल्य १९ हजार ४ सय ७० रुपैंया तोकिएको छ ।
प्रकाशित: २० चैत्र २०७१, शुक्रबार