चैत २८ गतेदेखि पाको न्यूरोडमा मोबाइल कार्निभल

Technology Khabar १९ चैत्र २०७१, बिहीबार

चैत २८ गतेदेखि पाको न्यूरोडमा मोबाइल कार्निभल
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १९ चैत । नयाँ वर्षको अवसर पारेर पाको न्यूरोड क्षेत्रमा नेपालको सबैभन्दा ठूलो र पहिलो मोबाइल कार्निभल यहि चैत २८ गतेदेखि आयोजना हुने भएको छ ।

पाको यूथ क्लबको सहितको सहभागीतामा पहिलो पटक आयोजना हुन लागेको मोबाइल कार्निभल २०१५ पाको न्यूरोड, ताम्राकार कम्प्लेक्सका सबै मोबाइल पसलहरुको सहभागिता हुने भएको हो । नेपालमा नै पहिलो पटक कार्निभलको रुपमा आयोजना गर्न लागिएको मोबाइल महोत्सवले पाको न्यूरोड क्षेत्रलाई मोबाइल हबको रुपमा स्थापित गर्न सहयोग पुर्याउने व्यवसायीहरुको अपेक्षा रहेको छ ।

मोबाइल कार्निभलमा मोबाइल म्यूजिकल कन्सर्ट, मोबाइल फुड फेस्टा, हेल्थ क्याम्प, बालबालिकाको गेमिंग जोन, गणेश पुजा तथा मोबाइल एक्सपो समाबेश गरिएको आयोजक संस्था पाको यूथ क्लबका अध्यक्ष अमृतमान मानन्धरले जानकारी दिए ।

अध्यक्ष मानन्धरले नेपालमा नै पहिलो पटक नौलो किसिमले मोबाइल कार्निभल आयोजना गर्न लागिएको बताए । उनले भने, ‘मोबाइल खरिदकर्ताले आकर्षक छुटमा मोबाइल तथा एसेसरिज खरिद गरेर नयाँ वर्षको खुशीयाली बाँडन सक्नेछन् ।’

सबैभन्दा ठूलो महोत्सवको रुपमा आयोजना हुन लागेको कार्निभल २०७१ चैत २८ गतेदेखि २०७२ वैशाख १ गतेसम्म पाको न्यूरोड क्षेत्रमा आयोजना हुनेछ । त्यसैगरी कार्निभलको अवसरमा मोबाइल खरिदकर्तालाई विभिन्न किसिमका उपहार तथा स्कीमहरु राखिएका छन् । कार्निभल तथा नयाँ वर्षको अवसर पारेर ल्याईने विभिन्न स्कीमहरु भने वैशाख १५ गतेसम्म ग्राहकहरुले प्राप्त गर्न सक्ने आयोजकले जनाएकोछ ।

कार्निभल अवधिभर १० लाख उपभोक्ताहरुको सहभागिता हुने अनुमान गरिएको छ, जसमा एस एल सी दिएर बसेका विद्यार्थीहरुलाई लक्की ड्रमार्फत मोबाइल खरिदमा विशेष उपहारसहित छुट दिईनेछ । कार्निभलमा मोबाइल खरिद गर्ने अन्य ग्राहकहरुलाई भने लक्की ड्रद्धारा भारी छुटमा मोबाइल बिक्री गरिने बताईएको छ ।

२०० भन्दा बढि मोबाइल पसल तथा शोरुमहरु रहेको पाको न्यूरोड तथा ताम्राकार कम्प्लेक्स क्षेत्रमा हाल २५ भन्दा बढि मोबाइल ब्राण्डका आधिकारीक सर्भिस सेन्टरहरु संचालनमा रहेका छन् ।

Sajilo Visa

प्रकाशित: १९ चैत्र २०७१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार