माइक्रोम्याक्सको बजेट स्मार्टफोन ‘बोल्ट एस ३००’

Technology Khabar १८ चैत्र २०७१, बुधबार

माइक्रोम्याक्सको बजेट स्मार्टफोन ‘बोल्ट एस ३००’

काठमाडौं ।

काठमाडौं, १८ चैत । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा बोल्ट सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

माइक्रोम्याक्सले ४ इन्च स्क्रीन भएको बजेट स्मार्टफोन बोल्ट एस ३०० (Bolt s300) सार्वजनिक गरेको हो ।

यो फोनमा १.२ गीगाहर्जको स्प्रेडट्रम एससी ७७१५ प्रोसेसर राखिएको छ भने यो स्मार्टफोन किटक्याट ४.४.३ भर्सनमा आधारित रहेको छ ।

नयाँ फोनमा ५१२ एमबीको र्याम तथा ४ जीबीको आन्तरिक स्टोरेज रहेको छ भने यसमा थ्री जी सपोर्ट गर्दछ । दुई सिम प्रयोग गर्न सकिने यो स्मार्टफोनमा पहिले नै कयौं एप्स राखिएका छन् ।

बोल्ट एस ३०० स्मार्टफोनमा एलईडी फ्ल्याशसहितको ०.३ मेगापिक्सेलको रियर क्यामरा छ भने फ्रन्ट क्यामरा भिजीए छ ।

यसमा एफएम, ब्लूटूथ २.१, वाईफाईलगायतका फीचरहरु रहेका छन् । १२०० एमएएच ब्याट्री राखिएको यो स्मार्टफोन भारतीय बजारमा ३ हजार ३०० भारुमा उपलब्ध रहेको छ ।

easy care

प्रकाशित: १८ चैत्र २०७१, बुधबार