Technology Khabar १७ चैत्र २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, १७ चैत । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेको पछिल्लो स्मार्टफोन पि८ (P8) को बारेमा तस्विर तथा जानकारीहरु सार्वजनिक भएको छ ।
कयौं कम्पनीहरुले मोबाइल वल्र्ड कांग्रेस २०१५ मा आफ्ना नयाँ उत्पादनहरुको बारेमा घोषणा गरेपनि हुवावेले भने भर्खर मात्रै आफ्नो नयाँ आउन लागेको स्मार्टफोन पि८ को बारेमा आफ्नो आधिकारी वेबो (Weibo) पेजमार्फत टिजर सार्वजनिक गरेको छ ।
त्यस्तै हुवावेको पि८ टेनाको (TENAA) सर्टिफिकेशनमा देखिएको छ । कम्पनीले यो विशेष फोनलाई आगामी अप्रिम १५ तारिखमा आधिकारीकरुपमा घोषणा गर्नेछ । सार्वजनिक भएको जानकारी अनुसार हुवावेको पि८ मा ६४ बिटको अक्टा-कोर किरिन ९३० चीपसेट रहेको छ । यो फोनमा ३ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक मेमोरी रहेको छ ।
पि८ मा ५.२ इन्चको फुल हाई डिफिनिशन १०८० पिक्सेलको रिजोल्यूशन भएको डिस्प्ले छ जसमा गोरिल्ला ग्लास प्रोटेक्सनद्धारा सुरक्षित गरिएको छ ।
यसमा दुईवटा सिम सपोर्ट गर्नेछ । हुवावेको नयाँ स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा रहेको छ भने यो फोन एन्ड्रोयडको ललिपप ५.० भर्सनमा आधारित रहेको छ ।
टेनामा सार्वजनिक जानकारी अनुसार हुवावेको पि ८ स्मार्टफोन छ वटा अलग-अलग भर्सनमा उपलब्ध हुनेछ । तीनवटा अलग-अलग क्यारियर सपोर्ट गर्ने फोनमा ड्यूल फोरजी नेटवर्क सपोर्ट गर्दछ ।
यो फोनको साईड बेजेल निकै पातलो रहेको छ भने फोन प्लास्टिक तथा मेटलद्धारा निर्मित भएको जस्तो देखिएको छ । त्यसैगरी यो फोनमा दुईवटा एलईडी फ्ल्याश राखिएको तस्विरमा देखिन्छ । नयाँ फोन करिब ६ इन्च मोटाईको मात्र भएको चर्चा गरिएको छ ।
हुवावेको नयाँ स्मार्टफोन पि ८ करिब २ हजार ९ सय ९९ यूआन अर्थात ४ सय८० अमेरिकी डलर हाराहारीमा बजार मूल्य तोकिने अनुमान गरिएको छ ।
हुवावेको नाफा बढ्यो
विश्वको दोस्रो ठूलो टेलिकम्यूनिकेशन इक्विपमेन्ट निर्माता कम्पनी हुवावे टेक्नोलोजी लिमिटेडको सन् २०१४ मा नाफामा वृद्धि भएको जनाएको छ । कम्पनीले सन् २०१४ मा ३३ प्रतिशतको नाफामा वृद्धि भएको जनाएको छ ।
कम्पनीको नाफा वृद्धि हुनुमा फोरजी प्रविधि अर्थात चौथो जेनेरेशनको मोबाई प्रविधि विश्वभर स्विकार हुनु र त्यसमा आएको उच्च बिक्री रहेको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले सन् २०१४ मा २७.९ विलियन यूआन खुद नाफा कमाएको संचारमाध्यमलाई मंगलवार जानकारी दिएको हो ।
विश्वभरीको आम्दानी संकलनमा भने २१ प्रतिशितको वृद्धि हुँदै सन् २०१४ मा २८८.२ विलियन यूआन कमाएको छ । अघिल्लो वर्ष कम्पनीको आम्दानी २३९ विलियन यूआन मात्र रहेको थियो । एजेन्सीको सहयोगमा
प्रकाशित: १७ चैत्र २०७१, मंगलवार