Technology Khabar १६ चैत्र २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, १६ चैत । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा चैत २७ देखि सामसुङ ग्यालेक्सी–जे १ मोबाइल एक्स्पो हुनेभएको छ । मोबाइल एक्सपो चैत २७ देखि नयाँ बर्षको पहिलो हप्ताभरी चल्ने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
हरेक घण्टामा क्यासब्याक अफर मार्फत ५५ प्रतिशत सम्मको छुट, हरेक मोबाइल खरिदमा ८ देखि ५५ प्रतिशत छुटको ब्यबस्था स्क्र्याच कार्डमार्फत दिइने तथा हरेक दिन ५ वटा मोबाइल लक्की ड्र मार्फत बितरण गरिने दाबी आयोजकले गरेको छ । त्यसैगरी एसएलसी दिएर बसेका बिद्यार्थीहरुलाई प्रबेशसँगै लक्की ड्र मा समाबेश गराइने ब्यबस्था मिलाइएको बताईएको छ ।
मेला अबधीभर सिटिसी मलमा पार्किङको निःशुल्क ब्यबस्था गरिएको तथा मोबाइल एक्स्पोमा ३ लाखभन्दा बढी अबलोकनकर्ता आउने बिश्वास मोबाइल बजारकोे छ ।
सिटिसी मलको तेस्रो, चौथो र पाँचौ तल्लामा खुलेको सिटीसी मोबाइल बजारको ग्राण्ड ओपनिङको अबसर पारी गर्न लागेको सामसुङ मोबाइल एक्स्पोमा १०० भन्दा बढी मोबाइल स्टल, फुडकोर्ट, ग्यामिङ जोन, बच्चाहरुलाई मनोरंजन गर्ने जोन र टच एण्ड फिलजोन पनि राखिने मोबाइल बजारले जानकारी दिएको छ ।
मेला अबधीभर नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेट तथा बिभिन्न एशोसरिजको कारोबार गरिने छ । मोबाइल एक्सपोमा १ हजार रुपैयाँ देखि १ लाख रुपैयाँसम्म पर्ने नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटहरु बिक्री बितरण हुनेछन् ।
१ सय भन्दा बढि मोबाइल पसल तथा १७ भन्दा बढि सर्भिस सेन्टर रहनुनै यस बजारको मुख्य आकर्षण रहेको छ । कार्बन, पानासोनिक र सामसुङले आफ्नो सर्भिस सेन्टर खोलिसकेका छन् भने अन्य कम्पनी सर्भिस सेन्टर निर्माणको क्रममा रहेको आयोजकले जनाएको छ । ग्राण्ड ओपनिङको अबसर पार्दै बिभिन्न मोबाइल कम्पनीहरुले एसएलसी दिएर बसेका बिद्यार्थीहरुलाई मोबाइल सहित बिशेष उपहार प्रदान गर्ने जानकारी दिएका छन् ।
“नझुक्याउने पक्का पर्ने” ग्राण्ड अफरसहित सुरू हुन लागेको मोबाइल एक्स्पोको मुख्य प्रायोजन सामसुंग मोबाइलले गरेको छ ।
प्रकाशित: १६ चैत्र २०७१, सोमबार