Technology Khabar १६ चैत्र २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, १६ चैत । कोरियाली कम्पनी एलजीले नयाँ स्मार्टफोन स्पिरिट सबैभन्दा पहिले भारतीय बजारमा बिक्री गर्ने घोषणा गरेको छ । कम्पनीले ल्याएको नयाँ स्मार्टफोन एलजीको आफ्नो भारतमा भएको वेवसाइटमा लिस्टेड गरिएको छ ।
एलजीको स्पिरिट मिडरेन्ज स्मार्टफोनको रुपमा भारतीय बजारमा आएको हो । कम्पनीले यो स्मार्टफोनको मूल्य २ सय २८ अमेरिकी डलर (१४ हजार २ सय ५० भारु) तोकेको छ । यो स्मार्टफोन कम्पनीले मोबाइल वल्र्ड कांग्रेसमा सार्वजनिक गरेको थियो ।
यो स्मार्टफोनमा रियर माउन्टेड पावर एण्ड भोल्यूम बटन डिजाइन रहेको छ, जुन एलजीको जी २ स्मार्टफोनदेखि शुरु भएको हो ।
यो स्मार्टफोन कर्भ्ड डिजाइनमा रहेको छ जसको स्क्रीन ४.७ इन्चको १२८०X७२० पिक्सेल रिजोल्यूशनको रहेको छ । यो फोनमा १.३ गीगाहर्ज क्वाड-कोर प्रोसेसर राखिएको छ भने १ जीबीको र्याम तथा ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।
एलजी स्पिरिटमा एलईडी फ्ल्याश तथा अटोफोकश सहितको ८ मेगापिक्सेलको रियर क्यामरा छ भने फ्रन्ट क्यामरा १ मेगापिक्सेलको रहेको छ । यसमा नयाँ फीचर गेश्चर शट पनि राखिएको छ ।
यो स्मार्टफोन एन्ड्रोयडको ललिपप ५.०.१ भर्सनमा आधारित तथा एलजी यूआई समावेश गरिएको छ । दुई सिम सपोर्ट गर्ने यो फोनमा २,१०० एमएएच ब्याट्री राखिएको छ ।
भारतीय बजारमा यसलाई कम्पनीले २ सय २८ अमेरिकी डलर मूल्य ताकेपनि भारतीय रिटेलरहरुले भने यो फोन २ सय १९ अमेरिकी डलरमा बिक्री गर्ने भएका छन् ।
प्रकाशित: १६ चैत्र २०७१, सोमबार