कम्प्यूटर प्रयोगकर्ताका लागि क्रोम ब्राउजरमा ‘डाटा सेभर’ फीचर

Technology Khabar १६ चैत्र २०७१, सोमबार

कम्प्यूटर प्रयोगकर्ताका लागि क्रोम ब्राउजरमा ‘डाटा सेभर’ फीचर

काठमाडौं ।

काठमाडौं, १६ चैत । गूगलले नयाँ फीचरसहितको क्रोम ब्राउजर लन्च गरेको छ । नयाँ ब्राउजरलाई डाटा सेभर ब्राउजरको रुपमा उल्लेख गरिरएको छ, जसले वेबसाइटहरु प्रयोगको समयमा ब्याण्डविथ र वेबपेज लोडिंग हुने समयलाई बचत गर्दछ ।

गूगल क्रोमको यो सेवा पहिले मोबाइल प्रयोगकर्ताहरुलाई मात्र लक्षित गरिएको थियो, जो सिमित कनेक्टीभिटीबाट पिडित हुने तथा निकै महंगो मोबाइल डाटा बचाउन चाहन्थे । तर ढिलै भएपनि गूगलले क्रोम ब्राउजरलाई विस्तार गर्दै डाटा बचतको फीचर कम्प्यूटरको क्रोम ब्राउजर प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पनि उपलब्ध गराएको छ ।chrome_data_saver

डाटा सेभर हालका लागि बेटा भर्सनमा मात्र उपलब्ध रहेको छ जुन प्रयोगकर्ताले क्रोमको आधिकारीक वेबसाइटबाट डाउनलोड गर्न सक्दछ । गूगलले यो नयाँ सार्वजनिक भएको सेवाको बारेमा औपचारिकरुपमा घोषणा गर्न तथा यसको बारेमा अनुमान प्रक्षेपणका बारेमा केहि जानकारी दिएको छैन् ।

नयाँ फीचरसहितको गूगल क्रोम ब्राउजरको विस्तार मार्च २३ तारिखमा क्रोम वेब स्टोरमा भएको थियो ।

यो विस्तारले क्रोम ४१ वा त्यो भन्दा माथिको भर्सनमा मात्र काम गर्नेछ भने यो डाउनलोड हुनेवित्तिकै पूर्वनिर्धारितरुपमा चालू हुनेछ । यसमा भएको डाटा सेभरलाई सेटिंगको माध्यमबाट पनि निश्क्रिय वा सक्रिय बनाउन सकिनेछ । तर यो सेवाले सुरक्षित साइटहरु तथा सुरक्षित मोडमा संचालन गर्दा भने काम गर्नेछैन् ।

गूगलको क्रोम डाटा सेभर फीचर मोबाइल डिभाइसमा एन्ड्रोयडका लागि तथा आईओएसका लागि क्रोम सन २०१४ जनवरीदेखि उपलब्ध रहेको थियो । यसमा ब्याण्डविथ बचतका र वेबपेजहरु छिटो लोड हुनुका साथै विस्तारले सुरक्षालाई पनि थप बढाएको छ । एजेन्सीको सहयोगमा

easy care

प्रकाशित: १६ चैत्र २०७१, सोमबार