Technology Khabar १५ चैत्र २०७१, आईतवार
काठमाडौं ।
काठमाडौं, १५ चैत । ताइवानी कम्पनी एचटीसीले चीनियाँ बजारमा कडा प्रतिस्पर्धामा उत्रनको लागि पछिल्ला दिनहरुमा निकै तयारी गरिरहेको छ । एचटीसीले यसअघि नै वान एम९ (One M9), एम९ प्लस (M9 Plus) तथा इ९(E9) स्मार्टफोन ल्याउने चर्चा चलिरहेको छ, जसले चीनियाँ बजारका साथै एशियाली बजारमा पनि छिटै आउनेछ ।
तर यसका साथै ताइवानी कम्पनीले अर्को डिभाइस पनि ल्याउने तयारीमा रहेको छ, त्यो हो एचटीसी टी १ एच (T1H) ट्याबलेट । कम्पनीले ल्याउन लागेको ८.९ इन्चको ट्याबलेट अन्य उल्लेखीत फोनहरुका साथमा नै आगामी अप्रिलमा बेजिंगमा हुन लागेको आधारिकारीक कार्यक्रममा सार्वजनिक हुने अनुमान गरिएको छ ।
नयाँ ट्याबको बारेमा केहि जानकारीहरु तथा सूचनाहरु विभिन्न संचारमाध्यममा आएका छन् । यो ट्याबको तस्विर हेर्दा एचटीसीको वान एम९ जस्तै देखिन्छ तर यो केहि ठूलो रहेको छ । नयाँ आउने ट्याबमा ८.९ इन्चको २०४८X१५३० रिजोल्यूशनको डिस्प्ले हुनेछ ।
एचटीसीले परम्परागत चीपसेटहरु क्वालकम वा मिडिया टेक सोलुसन प्रयोग गर्नुभन्दा पनि नयाँ एलविनर चीपसेट प्रयोग गर्नु निकै चाखलाग्दो रहेको छ । अक्टा कोर अलविनर एच८ (Octa-core AllWinner H8) को बारेमा निकै प्रश्नहरु रहेको छन् , जसले नयाँ २८ एमएम प्रोडक्सन प्रोसेससमा प्रयोग हुन्छ भने यसले पावरभीआर एसजीएक्स ५४४ जीपियूमा(PowerVR SGX 544) आधारीत छ ।
एचटीसीको नयाँ ट्याबमा २ जीबीको र्याम छ भने यो १६ जीबी तथा ३२ जीबीको स्टोरेजमा उपलब्ध हुनेछ ।
नयाँ ट्याबमा ८ मेगापिक्सेलको रियर क्यामरा छ भने १.६ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ । एन्ड्रोयडको ललिपप ५.० मा आधारित यो ट्याबमा ६,७०० एमएएच ब्याट्री राखिएको छ । एजेन्सी
प्रकाशित: १५ चैत्र २०७१, आईतवार