एप्पल आईफोन ६ एस, ६ एस प्लस र ६ सी ल्याउने तयारीमा

Technology Khabar १३ चैत्र २०७१, शुक्रबार

एप्पल आईफोन ६ एस, ६ एस प्लस र ६ सी ल्याउने तयारीमा

काठमाडौं, १३ चैत । विश्वको सबैभन्दा मूल्यबान कम्पनीको रुपमा चिनिँदै आएको अमेरिकी कम्पनी एप्पलले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले यो सालको उत्तरार्धमा एकै पटक तीनवटा मोडलका आईफोन सार्वजनिक गर्ने भएको छ ।

एप्पलले हरेक वर्षको सेप्टेम्बरमा नयाँ आईफोन सार्वजनिक गर्ने गरेको छ भने आफ्ना आईफोनको परिस्कृत मोडल पनि सार्वजनिक गर्ने भएको छ । तर यो पटक कम्पनीले पहिलो पटक आफ्नो नियमित समयभन्दा अगाडि नै नयाँ तीन वटा आईफोन ल्याउन लागेको हो ।

सूचनाहरुका अनुसार एप्पल दुईवटा फोन आईफोन ६ र आईफोन ६ को परिस्कृत मोडल आईफोन ६ एस (6S) तथा आईफोन ६ एस प्लस (6S Plus) मा काम गरिरहेको छ । तर यति मात्र होईन कम्पनीले आफ्नो चल्न नसकेको सी मोडल पनि अब बजारमा ल्याउने तयारी गरिरहेको छ जसलाई कम्पनीले आईफोन ६ सी (Iphone 6C) को रुपमा ल्याउनेछ ।IPhone 6S

यी फोनहरु मध्ये आईफोन ६ सी एसेम्बल्ड गर्न एप्पलले विस्ट्रोनसँग साझेदारी गर्नेछ भने फक्सकन र पेगाट्रेनले अन्य दुई सेटहरु बनाउनेछन् ।

सूचनाअनुसार यसमा कोर्निंग गोरिल्ला ग्लास प्रोटेक्शन हुनेछ जसले स्मार्टफोनको स्क्रीनमा कुनै किसिमको स्क्रयाच आउन दिनेछैन् । कम्पनीले आईफोनको ६ एसको दुवै संस्करणमा नयाँ ए९ चीपसेट प्रयोग गर्ने बताईएको छ तर यो विषयको पुष्टि भने भएको छैन् । त्यसैगरी आईफोन ६ सी मा भने ए८ चीप प्रयोग हुनेछ ।

नयाँ आउने सबै आईफोनमा एनएफसी तथा फिंगरप्रिन्ट टेक्नोलोजी पनि राखिनेछन् । यी स्मार्टफोनहरुमा डिस्प्ले एलजीले दिनेछ भने आईफोन ६ एस प्लसको लागि शार्प कम्पनीले स्क्रीन उपलब्ध गराउनेछ । बजारमा आएका सूचनाअनुसार सी मोडलमा ४ इन्चको फरक खालको डिस्प्ले हुनेछ भने आईफोन ६ सीमा आईफोन ६ भन्दा केहि तल्लो तहको हुनेछ ।

आईफोन ६ एसमा कम्पनीले २ जीबीको एलपीडिडिआर र्याम प्रयोग गर्ने चर्चा पनि रहेको छ ।

एप्पलले यी फोनहरुमा नयाँ क्यामरा टेक्नोलोजीको प्रयोग गर्नेछ जसमा तीन सेन्सर हुनेछन् । एप्पलले हालै लाइट स्प्लिटरका साथै डिजिटल क्यामराको पेटेन्ट गराईएको छ । यो प्रविधिबाट तस्विरहरु निकै स्पष्ट देखिन्छ ।

कम्पनीले आईफोन ६ का नयाँ संस्करण ल्याउनु ठिकै भएपनि सी मोडल ल्याउने बारेमा स्मार्टफोन विश्लेषकहरुले भने अनौठो मानेका छन् । जबकी एप्पलको आईफोन ५ सी मोडल बजारमा असफल भएको थियो भने यसले एप्पलको गुणस्तर कायम गर्न नसकेको बताईएको थियो ।

तर पनि बजारमा बिक्री हुने संभावनाको बजार विश्लेषण गर्दै आईफोन ६ सी ल्याउन लागिएको हुने अनुमान गरिएको छ । एजेन्सीहरुको सहयोगमा

प्रकाशित: १३ चैत्र २०७१, शुक्रबार

Comments are closed.

Loading...