Technology Khabar १२ चैत्र २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, १२ चैत । जापानको मोबाइल टेलिकम फर्म सफ्टबैंक कर्पोरेशनको नेतृत्वमा भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सको शेयर खरिद बिक्री हुने भएको छ । सफ्टबैंक कर्पोरेशनको नेतृत्वमा लगानीकर्ताहरुको एक समूहले मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्स इन्फमेटिक्सको शेयर(Stake) १ विलियन अमेरिकी डलरमा खरिद गर्न लागिएको छलफलको बारेमा जानकारी राख्ने दुई व्यक्तिलाई उद्धत गर्दै समाचार सार्वजनिक भएको छ ।
व्यक्तिहरुका अनुसार माइक्रोम्याक्सले किफायती स्मार्टफोन बनाउने जसले दक्षिण कोरियाको सामसुंग इलेक्ट्रोनिक्स कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने कम्पनीको रुपमा भ्यालूएशन गरिएको बताईएको छ । यहि आधारमा कम्पनीलाई ५ बिलियन अमेरिकी डलर मुल्यांकन गरिएको छ ।
माइक्रोम्याक्सको वर्तमान लगानीकर्ताहरुद्धारा २० प्रतिशत शेयर बिक्री गर्ने विषयमा छलफल भएको बताईएको छ जसले ८०० मिलियनदेखि १ बिलियन डलरसम्म रकम संकलन गर्न सक्नेछ । माइक्रोम्याक्स जसलाई संस्थापकहरुले नियन्त्रण गर्दछन्, जसमा लगानीकर्ताहरुले निजी इक्यूटि फर्महरु सेक्यूआ क्यापिटल (Sequoia Capital) तथा टिए एशोसियटस (TA Associates) मा बाँडेका छन् ।
माइक्रोम्याक्स भारतीय मोबाइल बजारमा सन् २००८ मा प्रवेश गरेको थियो, जसले भारतमा स्मार्टफोनको बजारलाई गति दिन सहयोग पुर्याएको छ । अनुसन्धान संस्था क्यानालिसले माइक्रोम्याक्सले भारतीय बजारमा सामसुंगलाई चौथो चौमासिकमा पछाडि पार्दै स्मार्टफोन बजारमा नेतृत्व गरेको यहि फेब्रुअरीमा रिपोर्ट सार्वजनिक गरेको थियो, तर पछि सामसुंगले यो अनुसन्धानलाई चुनौती दिएको थियो ।
माइक्रोम्याक्सले यो विषयमा प्रतिकृया दिन अस्विकार गरेको छ भने सफ्टबैंकका प्रवक्ताले टोकियामा यो विषयमा प्रतिकृया दिन अस्विकार गरे । रोयर्टस डटकमबाट
प्रकाशित: १२ चैत्र २०७१, बिहीबार