बजाजको बाइक खरिदमा २० प्रतिशत डाउन पेमेन्टको अफर

Technology Khabar १२ चैत्र २०७१, बिहीबार

बजाजको बाइक खरिदमा २० प्रतिशत डाउन पेमेन्टको अफर
Classic Tech

काठमाडौँ, १२ चैत्र । एच.एच. बजाजले कुनै पनि बजाज बाइकको खरिदमा २० प्रतिशत सजिलो डाउन पेमेन्ट योजना घोषणा गरेको छ । डाउन पेमेन्टमा ग्राहकले ३० महिनाको किस्ताबन्धी सुविधा पाउने छन् । साथै ग्राहकहरुको सजिलोका लागि फाइनान्सिङ्ग सुविधा बाइक खरिद गरेको सोरुममै उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यो योजना उपत्यका भित्रका अधिकारीक बजाजको सोरुमहरुमा तथा मुलुकभरका विभिन्न शोरुमहरुमा उपलब्ध छ ।

१९९८ मा स्थापित एच.एच. बजाजले नेपालभरिका बाइक राइडरहरुमा आफनो लोकप्रियता कायम गर्नुका साथै आफना ग्राहकहरुका लागि उत्कृष्ट सेवा प्रदान गर्नका लागि नेपालभरि जम्मा ८१ वटा आउटलेटहरु स्थापना गरेको छ । बजाज आफ्ना देशभरिका ग्राहकहरुका लागि उच्च गुणस्तरको उत्पादनहरु उपलब्ध गराउँदै नेपालका हरेक कुनामा सेल्स, सर्भिस र उच्च गुणस्तरको स्पेयर पार्टस उपलब्ध गराउन सधैँ तत्पर रहेको दाबी गरेको छ ।

प्रकाशित: १२ चैत्र २०७१, बिहीबार

Comments are closed.

Loading...