सामसुंगले ग्यालेक्सी एस६ तथा एस६ एज भारतमा नै उत्पादन गर्ने

Technology Khabar १२ चैत्र २०७१, बिहीबार

सामसुंगले ग्यालेक्सी एस६ तथा एस६ एज भारतमा नै उत्पादन गर्ने
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १२ चैत । कोरियाली फोन मेकर कम्पनी सामसुंगले केहि दिन अघि भारतमा आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ६ र एस ६ एज सार्वजनिक गर्यो । यी दुवै स्मार्टफोनहरु भारतमा आगामी महिना अप्रिलको १० तारीखदेखि भारतीय बजारमा खरिद गर्न सकिनेछ ।

सामसुंगले भारतमा नयाँ स्मार्टफोन सार्वजनिक गर्नुका साथै एउटा महत्वपूर्ण घोषणा पनि गरेको छ । विभिन्न भारतीय संचारमाध्यमका अनुसार सामसुंगले आफ्नो दुवै फ्ल्याशिप फोनको उत्पादन भारतमा गर्ने घोषणा गरेको हो ।

कम्पनीले भारतको नोएडा शहरमा ग्यालेक्सी एस ६ र एस ६ एज उत्पादन गर्ने भएको हो । भारतका लागि सामसुंगको मोबाइल आईटी चीप असिम वारसीले भने, ‘करिब दुई महिनामा यो म्यानूफ्याक्चर प्लान्ट शुरु हुने अपेक्षा गरेका छौं । यो फोन अधिकमात्रामा घरेलू प्रयोगका लागि नै बनाईनेछ ।’

सामसुंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस६ तथा एस ६ एज विश्व बजारमा अप्रिल १० तारिखदेखि खरिदका लागि उपलब्ध हुनेछ  । यो स्मार्टफोन ३२ जीबी, ६४ जीबी र १२८ जीबीमा उपलब्ध रहेका छन् । एजेन्सी ।

Sajilo Visa

प्रकाशित: १२ चैत्र २०७१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार