Technology Khabar ११ चैत्र २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, १० चैत । चीनियाँ एप्पल पनि भनिने शिओमी कम्पनीले नयाँ पुस्ताको स्मार्टफोन उत्पादनमा काम गरिरहेको जानकारी सार्वजनिक भएको छ । कम्पनीले माइक्रोसफ्टसँग एमआई ४ मा विण्डोज अपरेटिंग सिष्टम प्रयोग गर्ने सम्झौता गरेको समयमा नै कम्पनीले नयाँ फोन ल्याउने तयारी गरेको हो ।
शिओमीले नयाँ स्मार्टफोनको नाम शिओमी फेरारी (Ferrari) राखेको छ । कम्पनीको नयाँ फोनको बारेमा विभिन्न जानकारीहरु बेन्चमार्क लिष्टिंगमा सार्वजनिक भएका छन् । सो जानकारी अनुसार शिओमीको यो फोन मध्यम श्रेणीको शक्तिशाली फोन हो ।
नयाँ स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ६१५ चीपसेट प्रयोग गरिएको छ भने अक्टा-कोर १.६५ गीगाहर्जको सिपियू राखिएको छ । यसमा २ जीबीको र्याम छ भने ४.९ इन्चको फुल एचडी टचस्क्रिन रहेको छ जसको रिजोल्यूशन १०८०X१९२० पिक्सेल रहेको छ ।
यो स्मार्टफोनमा १२ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ जसले फुल हाई डिफिनिशन भिडियो खिच्न सक्दछ भने यसको फ्रन्ट क्यामरा ४.८ मेगापिक्सेलको रहेको छ ।
शिओमीको नयाँ स्मार्टफोन फेरारी एन्ड्रोयड ललिपप ५.०.२ भर्सनमा आधारित एमआईयूआई (MIUI) मा संचालन हुन्छ । एजेन्सीको सहयोगमा
प्रकाशित: ११ चैत्र २०७१, बुधबार