Technology Khabar ११ चैत्र २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, ११ चैत । चीनियाँ कम्पनी शिओमीले नयाँ स्मार्ट टिभी सार्वजनिक गरेको छ । शिओमीले चीनमा हालै एमआईटिभी २ (MiTV 2) सार्वजनिक गरेको हो । ४० इन्चको टेलिभिजनको बजार मूल्य १९९९ यूआन अर्थात (३ सय २० अमेरिकी डलर) तोकिएको छ ।
शिओमीले ल्याएको नयाँ एन्ड्रोयड टेलिभिजन अहिलेसम्म सार्वजनिक भएको मध्ये योग्य स्मार्ट टेलिभिजन भएको बताईएको छ, जुन निकै सस्तो मूल्यमा बजारमा आएको छ । सार्वजनिक भएको टेलिभिजन एमआई टिभीको नै पछिल्लो श्रृंखला हो ।
नयाँ स्मार्ट टिभी ४० इन्चको फुलएचडी डिस्प्ले राखिएको छ भने यसमा १.१ गीगाहर्जको क्वाड कोर प्रोसेसर, २ जीबी र्याम तथा ८ जीबीको इन्टरनल मेमोरी रहेको छ । यो स्मार्ट टिभी एन्ड्रोयडको किटक्याट ४.४ भर्सनमा आधारित छ जुन छिटै ललिपप ५.० मा अपडेट हुने बताईएको छ ।
यो टिभी हाल अन्तराष्ट्रिय बजारमा भने उपलब्ध हुने बारेमा कुनै जानकारी छैन् ।
प्रकाशित: ११ चैत्र २०७१, बुधबार