Technology Khabar १० चैत्र २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, १० चैत । इन्टेक्स कम्पनीले अक्वा एक्स्ट्रीम स्मार्टफोनको नयाँ भेरिएन्ट अक्वा एक्स्ट्रीम भी भारतीय बजारमा लन्च गरेको छ । कम्पनीले ल्याएको नयाँ स्मार्टफोन अक्वा एक्स्ट्रीमको बजार मूल्य भन्दा कम तोकिएको छ ।
दुई सिम प्रयोग गर्न सकिने यो स्मार्टफोनमा अक्वा एक्स्ट्रीम भी एन्ड्रोयड ४.४.२ किटक्याट अपरेटिंग सिष्टममा आधारित रहेको छ । कम्पनीले भविश्यमा यो स्मार्टफोनमा ललिपप अपरेटिंग सिष्टम उपलब्ध दिईने बताईएको छ तर यो कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् ।
यो स्मार्टफोनको भारतमा बजार मूल्य ११ हजार २ सय ९० रुपैंया तोकिएको छ ।
अक्वा एक्स्ट्रीम भीमा १६ जीबीको इन्टरनल स्टोरेज राखिएको छ भने ड्रयागन ग्लास प्रोटेक्सनसहित ५ इन्च हाई डिफिनिशन डिस्प्ले राखिएको छ । यो स्मार्टफोनमा १.७ गीगाहर्ज अक्टा कोर प्रोसेसरद्धारा संचालन हुन्छ भने यसमा २ जीबीको र्याम रहेको छ ।
इन्टेक्सले ल्याएको नयाँ स्मार्टफोनमा एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेल रियर क्यामरा तथा ५ ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । २००० एमएएच ब्याट्री भएको यो फोन १७ घण्टाको टकटाइम तथा १ सय ८० घण्टाको स्टान्डबाई टाइम दिने कम्पनीको दाबी छ ।
इन्टेक्सको अक्वा एक्स्ट्रीम भी स्मार्टफोन ब्ल्याक, ग्रे तथा रेड कलरमा उपलब्ध हुनेछ । यसका साथै यो फोनमा थ्रीजी, वाईफाई, ब्लूटूथ, एफएम रेडियो अप्शन पनि रहेको छ ।
प्रकाशित: १० चैत्र २०७१, मंगलवार