सामसुंगले भारतमा ग्यालेक्सी एस ६ र एस ६ एज सार्वजनिक गर्यो

Technology Khabar ९ चैत्र २०७१, सोमबार

सामसुंगले भारतमा ग्यालेक्सी एस ६ र एस ६ एज सार्वजनिक गर्यो
फाईल फोटो

काठमाडौं ।

काठमाडौं, ९ चैत । कोरियाली स्मार्टफोन कम्पनी सामसुंगले भारतमा आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस ६ तथा ग्यालेक्सी एस ६ एजको बिक्री घोषणा गरेको छ । सामसुंगको अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रविधिको प्रयोग गरेर बनाइईएको यो स्मार्टफोनमा हवाई जहाजमा प्रयोग गरिने मेटलको प्रयोग गरिएको छ ।

सामसुंग ग्यालेक्सी एस ६ तीनवटा स्टोरेज अप्सनमा भारतमा उपलब्ध गराईएको छ । जसमा ३२ जीबी, ६४ जीबी तथा १२८ जीबी रहेका छन् । कम्पनीको मूख्य फोन ग्यालेक्सी एस ६ ह्वाइट पर्ल, ब्ल्याक सापिरे, गोल्ड प्लाटिनम र ब्लूज टोपाज कलरमा उपलब्ध हुनेछन् ।

सामसुंगले भारतमा ३२ जीबीको ग्यालेक्सी एस ६ को मूल्य ८ सय अमेरिकी डलर (४९,९०० भारु) ६४ जीबीको एस ६ को मूल्य ८ सय ९४ डलर (५५,९०० भारु) तथा १२८ जीबीको ९ सय ९३ डलर (६१,९०० भारु) तोकिएको छ । त्यसैगरी ग्यालेक्सी एस ३२ जीबीको मूल्य ९ सय ४५ अमेरिकी डलर, ६४ जीबीलाई १ हजार ४१ डलर तथा १२८ जीबीको १ हजार १ सय ३८ अमेरिकी डलर तोकेको छ ।

सामसुंगले भारतमा ग्यालेक्सी एस ६ तथा ग्यालेक्सी एस ६ एजको  प्रि अर्डर लिन शुरु गरेको छ भने बुकिंग गर्नेहरुलाई अप्रिल १० तारिखदेखि मात्र फोन उपलब्ध गराउने जनाएको छ । सामसुंगले भारतमा प्रि अर्डर गर्ने ग्राहकहरुले ग्यालेक्सी एस ५ तथा एस ६ एज उपलब्ध हुनेबेलासम्म त्यसको खरिद मूल्य घटेमा १० हजार प्वाइन्ट पाउने व्यवस्था गरेको छ भने खरिद गरेको दिनदेखि १२ महिनासम्म निशुल्क स्क्रीन रिप्लेशमेन्ट वारेन्टी दिने भएको छ ।

नेपालमा सामसुंगका फोनहरु आईएमएसले आयात तथा बिक्री गर्दै आएको छ । सामसुंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ६ वैशाखको शुरुसम्ममा नेपालमा उपलब्ध हुने कम्पनीका एक अधिकारीले जानकारी दिए ।

यो पनि हेर्नुहोस्-

सामसुंगको बहुप्रतिक्षित ग्यालेक्सी एस६ तथा एस६ एज सार्वजनिक, आकर्षक फीचरहरु समावेश

easy care

प्रकाशित: ९ चैत्र २०७१, सोमबार