Technology Khabar ९ चैत्र २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, ९ चैत । अर्घाखाँची ओ.पी.सी सिमेन्टले चितवन जिल्लामा भेटघाट कार्यक्रम आयोजना गरेको छ । कम्पनीले चितवन जिल्लाको सम्पूर्ण सिमेन्ट व्यवसायी, निर्माण व्यवसायी र इन्जिनियरहरु सम्मिलित विशेष भेटघाट कार्यक्रम भरतपुरमा आयोजना गरेको हो ।
सो कार्यक्रममा विशेष अतिथि उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशीले उच्च स्तरीय सिमेन्टको उत्पादन लिएर अर्घाखाँची ओ.पी.सी सिमेन्ट आएको र यसले देशको गुणस्तरीय निर्माणमा टेवा पुर्याउनका साथै युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर पनि प्रदान गरेको बताए ।
प्रकाशित: ९ चैत्र २०७१, सोमबार