स्प्राइट “जस्ले खोल्यो क्लियर बोल्यो” योजनामा हरेक घण्टा मोबाइल फोन पाईने

Technology Khabar ८ चैत्र २०७१, आईतवार

स्प्राइट “जस्ले खोल्यो क्लियर बोल्यो” योजनामा हरेक घण्टा मोबाइल फोन पाईने

काठमाडौं ।

काठमाडौँ, ८ चैत्र । सफ्ट ड्रिङ्क स्प्राइटले ग्राहकहरुका लागि नयाँ योजना ‘जसले खोल्यो क्लियर बोल्यो’ प्रस्तुत गरेको छ । स्प्राइटको ‘जस्ले खोल्यो क्लियर बोल्यो’ योजना मार्फत ग्राहकहरुले जित्न सामसुंग ग्यालेक्सी जे वान मोबाइल फोन जित्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना दुइ महिनासम्म चल्नेछ । नयाँ योजनाले पनि स्प्राइटका ग्राहकहरु, विशेष गरि युवाहरुलाई, क्लियर सोच्न र बोल्न प्रोत्साहान गर्ने बताईएको छ ।

यस योजनामा भाग लिनका लागि ग्राहकहरुले १ लि., १.५ लि. अथवा २.२५ लि.को स्प्राइट, कोका–कोला वा फ्यान्टा खरिद गरि बोतलको बिर्को मुनि भएको युनिक कोडलाई एस.एम.एस. गरि मोबाइल फोन जित्न सक्नेछन् ।

यो योजना लक्की ड्र मार्फत गरिनेछ र १८ वर्षभन्दा माथिका सबै नेपालीहरुले यसमा भाग लिन पाउने बताईएको छ । यो योजना कोका–कोला, स्प्राइट र फ्यान्टाको १ लि, १.२५ लि अथवा २.२५ लि को बोतलको बिर्कोमा मात्र लागू हुनेछ । योजनामा भाग लिनका लागि बोतलको बिर्को मुनि भएको ९ अंकको युनिक कोडलाई ६६२२ मा एस.एम.एस. गर्नुपर्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले पुरस्कार परेको युनिक कोड भएको बिर्को आफूसँगै राख्नुपर्नेछ र सो बिर्कोको सत्यता बोटलर्स नेपाल लिमिटेडले जाँच गर्ने कम्पनीले जानकारी दिएको छ ।

easy care

प्रकाशित: ८ चैत्र २०७१, आईतवार