विण्डोज १० मा पासवर्ड नचाहिने, बायोमेट्रिक्सद्धारा लगइन गर्न सकिने

Technology Khabar ५ चैत्र २०७१, बिहीबार

विण्डोज १० मा पासवर्ड नचाहिने, बायोमेट्रिक्सद्धारा लगइन गर्न सकिने

काठमाडौं ।

काठमाडौं, ५ चैत । माइक्रोसफ्ट कर्पोरेशनले ल्याउन लागेको नयाँ विण्डोज १० अपरेटिंग सिष्टममा कम्पनीले पासवर्ड हटाउने बारेमा सोचीरहेको छ । कम्पनीले यहि वर्ष गर्मीयामको समय पारेर सार्वजनिक गर्न लागेको नयाँ अपरेटिंग सिष्टममा पासवर्डको स्थानमा बायोमेट्रिक्स प्रयोग गर्न लागिएको बताईएको छ ।

विण्डोज १० अपरेटिंग सिष्टमको बारेमा हालै सार्वजनिक भएको रिपोर्टकाअनुसार विण्डोज १० डिभाइसेजमा अब साइन गर्नको लागि पासवर्डको स्थानमा बायोमेट्रिक्सका प्रयोग गरिने बताईएको छ । यसको अर्थ अब लगइन गर्नको लागि फेशियल रिकोग्निशन, आइरिस स्क्यानर अथवा फिंगरप्रिन्ट स्क्यानरको प्रयोग हुनेछ ।Windows-10-escritorio-568x319

माइक्रोसफ्टका अनुसार ‘विण्डोज हेलो’ फीचरले बायोमेट्रिक लक सपोर्ट गर्नेछ । माइक्रोसफ्टका भाइस प्रेसिडेन्ट जो बिलफोरेले आफ्नो ब्लग पोष्टमा लेख्दै नयाँ बायोमेट्रिक लक कम्पनीको तर्फबाट पासवर्ड ह्याकिंग रोक्ने एक पहल भएको बताएका छन् । यसमा यूजर्सको बडी पार्टस जस्तै आँखा, फेस औलाहरुको स्क्यानिंग हुनेछ र यसबाट यूजर्सले लगइन गर्न सक्नेछन् ।

यसअघि एप्पल र सामसुंग दुबै कम्पनीहरुले फिंगरप्रिन्ट क्यानिंग फीचर आफ्नो डिभाइसहरुमा राखिसकेका छन् । अब विण्डोज हेलोको मद्धतद्धारा माइक्रोसफ्ट कर्पोरेशन अनलाइन सेक्यूरिटीलाई अझ राम्रो बनाउने कोशिश गरिरहेको छ । विण्डोज हेलोको मद्धतद्धारा यूजर्सले आफ्ना एप्लिकेशनको औथेन्टिकेशन, कन्टेन्ट औथेन्टिकेशन, डाटा सबै विषयहरु अनलाइन पासवर्ड सेभ गर्न सक्नेछन् । माइक्रोसफ्टले यो फीचरको टेष्टिंग मोबाइल तथा पर्सलन कम्प्यूटर दुबैमा शुरु गरिसकेको छ ।

कम्पनीले एकैपटक यो गर्मीयाममा १ सय ९० मुलुकहरुमा विण्डोज १० सार्वजनिक गर्नेछ । यो सफ्टवेयर १ सय ११ वटा भाषाहरुमा सार्वजनिक हुने बुधवार चीनको सेनझेनमा आयोजित विण्डोज हार्डवेयर इन्जिनियरिंग कम्यूनिटी कन्फ्रेरेन्समा जारी स्टेटमेन्टमा उल्लेख छ ।

विण्डोज १० यहि वर्षको कुनैपनि समयमा बिक्रीका लागि तयार हुने बताईएको छ । विण्डोज १० मा नयाँ वेब ब्राउजर राखिएको छ, जसले अधिकांश उपभोक्ताहरुको इन्टरनेट एक्प्लोररलाई प्रतिस्थापन गर्नेछ ।एजेन्सीको सहयोगमा

Global Bank
easy care

प्रकाशित: ५ चैत्र २०७१, बिहीबार

ताजा समाचार