एलजीले कर्ब्ड स्मार्टफोन ‘जी फ्लेक्स२’ सार्वजनिक गर्यो

Technology Khabar ४ चैत्र २०७१, बुधबार

एलजीले कर्ब्ड स्मार्टफोन ‘जी फ्लेक्स२’ सार्वजनिक गर्यो

काठमाडौं ।

काठमाडौं, ४ चैत । एलजीले आफ्नो नयाँ प्रमुख स्मार्टफोन एलजी जी फ्लेक्स २ (LG G Flex2) सार्वजनिक गरेको छ । कोरियाली स्मार्टफोन निर्माता कम्पनी एलजीले भारतीय बजारमा दोस्रो पुस्ताको नयाँ फोन सार्वजनिक गरेको हो ।lg_g_flex2_grey

एलजीले सार्वजनिक गरेको एलजी जी फ्लेक्स २ गत वर्ष ल्याईएको जी फ्लेक्सको नै सफल निरन्तरता हो, जुन ग्राहकहरुले निकै मनपराएका थिए ।

नयाँ स्मार्टफोनमा ५.५ इन्चको फुल हाई डिफीनिशन कर्ब्ड पी ओलेड (P-OLED)  डिस्प्ले राखिएको छ । यसमा ६४ बिटको अक्टा कोर चीपसेटसहित स्न्यापड्रयागन ८१० प्रोसेसर छ भने ३ जीबीको र्याम रहेको छ । यो फोनमा कोर्निंग गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित गरिएको छ भने यसमा थप केमिकल ट्रिटमेन्ट गरि अन्य सामान्य अवस्थाको भन्दा ३० प्रतिशत अधिक सुरक्षित बनाईएको कम्पनीले जनाएको छ ।lg-g-flex-2-30

त्यस्तै यो फोनमा अघिल्लो संस्करण भन्दा सुधार गरि ‘सेल्फ हिलिंग’ प्रविधि राखिएको छ । यो प्रविधिले १० सेकेण्डभित्रमा नै कोठाको तापक्रमअनुसार आफुलाई सुधार गर्दछ भने साना साना स्क्रयाचहरुलाई नदेखिने बनाउँछ ।

एलजी जी फ्लेक्स २मा दुईवटा एलईडी फ्ल्याश राखिएको छ । यसमा १३ मेगापिक्सेलको ‘अप्टिकल इमेज स्टेबलाइजेशन’ रियर क्यामरा छ भने २.१ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ । यो फोनमा २ जीबीको र्याम छ भने १६ जीबी र ३२ जीबीको आन्तरिक स्टोरेज जुन बढाउन सकिन्छ सहित दुईवटा श्रेणीमा उपलब्ध रहेको छ ।

फोरजी सपोर्ट गर्ने यो फोनमा वाईफाइ, ब्लूटूथ स्मार्ट रेडी, एनएफसीलगायतका फीचरहरु रहेका छन् । यो स्मार्टफोनमा ३००० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने यो फोन एन्ड्रोयड ललिपप ५.० भर्सनमा आधारित छ ।LG G flex2 1

भारतीय बजारमा ३२ जीबीको एलजी जी फ्लेक्स २ फ्लामेन्को रेड तथा प्लाटिनम सिल्भर कलरमा उपलब्ध छ जसको बजार मूल्य ८ सय ७८ अमेरिकी डलर अर्थात ५५ हजार भारतीय रुपैंया तोकिएको छ । यो फोन मार्चको अन्त्य तिर मात्र खरिद गर्न सकिने बताईएको छ । एजेन्सीको सहयोगमा

easy care

प्रकाशित: ४ चैत्र २०७१, बुधबार